इटहरी । स्नोकर खेल प्रति खेलाडिहरुको आकर्षण वढाउदै दक्ष खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने उद्धेश्यले सुनसरीको इटहरीमा तेस्रो पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियन सिप प्रयोगिता सुरु भएको छ  ।

 ब्रदर्श स्नोकर हाउसको आयोजनामा सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुल परिषदका पुर्व सदस्य सचिव केशव कुमार विष्टले एक कार्यक्रमका विच उद्धघाटन गरेका हुन ।

   ब्रर्दश स्नोकर हाउसका सञ्चालक कृष्ण गुप्ताको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव विष्टको प्रमुख अतिथ्यमा उद्धघाटन सत्र सम्पन्न भएको हो ।vlcsnap-2022-03-05-16h10m45s141

यही फागुन २८ गते सम्म सञ्चालन हुने  प्रतियोगितामा प्रमथ हुने खेलाडीले ३० हजार पुरस्कार शिल्ड प्रमाण पत्र , दोस्रो हुने खेलाडीलाई १०हजार नगद सहित शिल्ड प्रमाण पत्र , तेस्रो र शान्त्वना हुनेलाई ५हजार नगर सहित प्रमाण पत्र प्रदान गर्ने छ । 

त्यसै गरी खेलमा स्टिक , बक्स, टप लाई ट्रफी र प्रमाण पत्र हाइयेस्ट पोइन्ट बे्रकर बेस्ट प्लेयर ,राइजिङ प्लेयर लगायतलाई पनि पुरस्कृत गरिने आयोजक ब्रर्दश स्नोकर हाउसका सञ्चालक गुप्ताले  जानकारी दिए ।WhatsApp Image 2022-03-05 at 15.34.52

प्रतियोगिताको उद्धघाटन कार्यक्रममा स्नोकर खेलका  राष्ट्रिय निर्णायक टिका राम श्रेष्ठ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विभिन्न ठाउँका ६४ जना खेलाडिले प्रतिस्पर्धा गरिरहेका छन ।