गौखुरी युवा क्लव मेन्छ्यायेम गाउँपालिका वडा नम्वर ५ मोरहाङ्गले आयोजना गरेको फुटवल खेलको प्रथम पुरस्कार युवा समाजसेवी बाबुराम थापाले गर्ने हुनुभएको छ । तेह्रथुमको फेदाप गाउँपालिका वडा नम्वर ५ ईसिवु निवासी युवा समाजसेवी थापा सानै उमेर देखि खेलकुद क्षेत्रमा रुची राख्दै आउनुभएको  छ । थापाले आफ्नो हजुर बुबा स्व.पदमबहादुर थापाको सम्झनामा नगद १ लाख ११ हजार १ सय ११ रुपैया कप तथा मेडल प्रायोजन गर्नुभएको  गौखुरी युवा क्लव मोराहाङका अध्यक्ष खगेन्द्रमणी सम्वाहाङफेले बताउनुभयो । गत वर्ष  तेह्रथुमकौ फेदाप गाउँपालिकामा सञ्चालन भएको फेदाप मेला पोक्लावाङमा पनि युवा समाजसेवी थापाले फुटवल खेलको लागि प्रथम पुरस्कार नगद १ लाख ११ हजार १ सय ११ रुपैया  कप तथा मेडल प्रायोजन गर्नुभएको खेल प्रेमी रुद्र खनालले जानकारी दिनुभयो । सानै उमेर देखि खेलमा रुची राख्ने युवा समाजसेवी थापाले आफ्नो गृह जिल्ला  देखि अरु जिल्लामा पनि खेलकुदको क्षेत्रमा विभिन्न पुरस्कारहरु प्रयोजन गर्दै आउनुभएको छ । माघेनी मेलाको अवसरमा गौखुरी युवा क्लव मोराहाङले प्रत्येक वर्ष खुल्ला पुरुष तथा महिला भुटवल प्रतियोगिता साथै विभिन्न प्रतियोगितात्मक सास्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । तर कोरोनाको कारणले माघेनी मेला स्थगित गरिएको थियो । माघेनी मेला स्थकित भएका कार्यक्रम शिवरात्रीको अवसरमा  सञ्चालन हुने भएको क्लवका अध्यक्ष खगेन्द्रमणी सम्वाहाङफेले जानकारी गराउनुभयो । सास्कृतिक कार्यक्रम बाहेक खेलका कार्यक्रम मोराहाङ बजारको खेल मैदानमा फागुन १९ गते भोलि देखि सञ्चालन हुने भएका छन् ।

युवा समाजसेवी बाबुराम थापाले यी भन्दा पहिलका खेलहरूमा समेत उल्लेखनीय सहयाेग गर्नुभएकाे छ । उहाँले नवज्योति स्पाेटिङ क्लव तेह्रथुमलाई ५ वर्ष देखि ४० हजारका दरले भलिवलकाे प्रथम पुरस्कार प्रदान गर्दै अाउनु भएकाे छ साथै खेदाप मेला पाेक्लावाङ तेह्रथुम लाई कप तथा मेडल सहित १लाख भन्दा माथि सहयाेग गर्नु भएकाे छ । IMG-20220303-WA0004IMG-20220303-WA0003