इटहरी । राष्ट्रिय प्रतियोगीतामा भाग लिन जाने फ्रेन्सिङ खेलाडीहरुलाई बुधबार इटहरी रंगसालामा एक कार्यक्रमको आयोजना  गरी  विदाई गरीएको छ । 

२१ गते देखी २४ गते सम्म काठमाण्डौको दशरथ रंगशालाको कभर्डहलमा हुन लागीरहेको विर गणेसमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग लिन जादै गरेका खेलाडिहरुलाई राष्ट्रिय खेलकुद परिसदका पुर्व सदस्य सचिव केसव विष्टले अविर र दोसल्ला  ओडाएर विदाई तथा सफलताको शुभकामना दिएका थिए, ।  

खेलकुदमा लागेर नाम मात्र कमाउने हैन सारिरिक स्वास्थ्य हुनुका साथै आर्थिक आय आर्जन पनि राम्रो हुने भएकाले खेलाडीहरुको भविष्य उज्वल हुने पुर्व सदस्य सचिव विष्टले बताए । IMG_1248

प्रतियोगीतामा सहभागीहरु  सुरेन्द्र शाह,बिकल पाण्डे ,स्वीकार चौधरी,सन्देश चौधरी,इन्दिरा राई,मखमलि खड्का ,प्रेना ठाकुर,उजला साही,भुवन मल्लिक ,अस्लोन तामाङ ,करन बिक, राजन भण्डारी ,अनिता चौधरी,रेबिका परियार,सम्बृद्वि लिम्बू ,सरु राई,अङकित चौधरि,पर्वत चौधरी,मिलन बिक,अनिस राजधामी ,यसोदा चौधरी,सन्जिबनी चौधरी,दिल कुमारी श्रेष्ठ ,सुसिला चौधरी लगायत लाई प्रतियोगितामा सहभागीहुन इटहरी बाट विदाई गरिएको हो । 

विदाई    भएका खेलाडिहरुलाई फ्रेन्सिङ संघका अध्यक्ष थानेश्वर ढकाल,इटहरी उपमहानगरपालीकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख कुसुम मगर,खेल व्यावस्थाक गगन श्रेष्ठ लगायते सफलताको शुभकामना सहित विदाई गरिएको छ ।