इटहरी । अपाङ्गता भएका मानिसहरु विच खेलकुदका गतिविधिहरु सञ्चालन गरि अपाङ्गता सम्बन्धी जनचेतना फैलाउने उद्धेश्यले सुनसरीको इटहरीमा ह्वीलचियर रन प्रतियोगिता आयोजना हुने भएको छ ।

  अन्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसर पारेर स्पाईनल इन्जुरी संघ प्रदेश नम्बर १को आयोजनामा ह्वीलचियर रन प्रतियोगिता हुने भएको हो ।

   ह्वीलचियर रनका विषयमा जानकारी दिने उद्धेश्यले फलैचा क्याफेमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय स्तरमा अपाङ्गता खेलकुदको सुरुवातसगै  विकास गर्दै लैजाने , अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा सहभागी गराउन सहयोग पुर्याउने उद्धेश्यले ह्वीलचियर रन प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विक्रम घिमीरेले जानकारी दिए ।20220227_090914

१४औं अन्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसरमा यही फागुन १७ गते प्रयोतियोगिता संचालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

  प्रदेश नम्बर १ का एक सय जना महिला तथा पुरुष ह्वीलचियर प्रयोगकर्ता खेलाडीहरु सहभागी रहने प्रतियोगितामा महिला तथा पुरुष दुवै विजेता हरुलाई प्रथमलाई नगद ५हजार सहित ट्रफि प्रमाण पत्र , दोस्रो हुने खेलाडीलाई नगद ४हजार ट्रफि प्रमाण पत्र र तेस्रो हुनेलाई नगद ३ हजार सहित ३ हजार ट्रफि प्रमाण पत्रले पुरस्कृत गरिने वताइयो ।

प्रतियोगिताको लागि २लाख २३ हजार २सय ५० रुपैया खर्च हुने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा आयोजक संस्थाका सचिव रामुु कार्की तथा अपाङ्गता  बास्केटवल खेलाडी सन्देश चौधरी लगायतले प्रतियोगिताको विषयमा जानकारी दिएका थिए ।