इटहरी । स्नोकर खेल दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्धेश्यले सुनसरीको इटहरीमा तेस्रो पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियन सिप प्रतियोगीता हुने भएको छ ।

 ब्रदर्श स्नोकर हाउसको आयोजनामा यही फागुन २१ गते देखि २८ गते सम्म खेल सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

   ब्रर्दश स्नोकर हाउसका सञ्चालक कृष्ण गुप्ताको अध्यक्षता तथा स्नोकर एसोसिएसन प्रदेश नम्बर १का अध्यक्ष नारायण श्रेष्ठको प्रमुख अतिथ्यमा भएको पत्रकार सम्मेलनमा ६४जना प्रतियोगीले प्रतिस्पर्धा गर्ने जानकारी गराइयो ।

 प्रतियोगितामा प्रमथ हुने खेलाडीले ३० हजार पुरस्कार शिल्ड प्रमाण पत्र , दोस्रो हुने खेलाडीलाई १०हजार नगद सहित शिल्ड प्रमाण पत्र , तेस्रो र शान्त्वना हुनेलाई ५हजार नगर सहित प्रमाण पत्र प्रदान गरिने समेत वताइयो । त्यसै गरी खेलमा स्टिक , बक्स, टप लाई ट्रफी र प्रमाण पत्र हाइयेस्ट पोइन्ट बे्रकर बेस्ट प्लेयर ,राइजिङ प्लेयर लगायतलाई पनि पुरस्कृत गरिने पत्रकारहरुलाई जानकारी दियो । पत्रकार सम्मेलनमा अन्य खेलकुदका गतिविधिहरु सञ्चालन गर्न सरकारी स्तरवाट समेत सहयोग हुने गरेपनि स्नोकर खेलका लागि सहयोग नपाई रहेको समेत आयोजकहरुले गुनासो गरेका छन ।