इटहरी । ग्रामिण क्षेत्रमा रहेका प्रतिभाहरुलाई वाहिर ल्याउदै राम्रो खेलाडि उत्पादनमा सहयोग पुर्याउने मुख्य उद्धेश्यका साथ सुनसरीको गढी गाउँपालिका दोस्रो डिजिटल गढी प्रिमियर लिग आयोजना हुने भएको छ ।

   आदर्श गढी निर्माण अभियानको आयोजनामा यही फागुन २५ गते देखि प्रतियोगिता सुरु गर्न लागिएको इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

  प्रतियोगिता आयोजक आदर्श गढी निर्माण अभियानका अध्यक्ष विद्यानन्द यादवले गढी खेल मैदान बचाउँ गढी राष्ट्रिय रंगशाला बनाउँ अभियान अन्तरगत प्रारम्भ गरिएको विभिन्न खेल गतिविधि कै क्रममा  दोस्रो डिजिटल गढी प्रिमियर लिग आयोजना गर्न लागिएको जानकारी गराए ।IMG_0119

  प्रतियोगिताका प्रवन्धक विप्लव घोषले गा्रमिण क्षेत्रमा आयोजना गरिने खेलकुद प्रतियोगिताबाट राम्रा खेलाडिहरु पहिचान गर्न सकिने वताए । त्यसै गरी प्रतियोगिताका व्यवस्थापक चेतनाथ  पौडेलले यही फागुन २५ गते देखि आगामी चैत्र १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहने जानकारी दिए । उनले लिग अन्तरगत खेल आयोजना गरि अन्तिममा लिगमा पहिलो र दोस्रो हुने टिम विच फाइनल खेल खेलाईने समेत पौडेलले वताए । आइसीसीको नियम अनुसार खेलाईने खेलमा २० ओभरको रहने समेत जानकारी गराइयो । त्यसै गरी प्रदेश नम्बर १ र २ महिला क्रिकेट टिम विच मैत्रीपुर्ण खेल समेत हुने जनाइएको छ ।