उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले  माघ १६ गते देखी २१ गते सम्म उर्लाबारीका १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

नगरभित्र २१ वटा केन्द्र तोकेर नगरपालिकाले खोप कोरोना बिरुद्धको मोर्डेना खोप अभियान संचालन गर्न लागिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

खोपका लागि वडा नं. १ मा शारदा मावि, लक्ष्मी आधारभुत विद्यालय, वडा नं. २ मा सुनपकुवा मावि, सुनझोडा मावि र वडा कार्यालय केन्द्र तोकिएको छ । यस्तै, वडा नं. ३ मा दुर्गा मावि, दुर्गा मन्दिर, वडा नं. ४ मा सृजना आधारभुत विद्यालय, हिमचुली बोर्डिङ स्कुल, सप्तकोशी आमावि, वडा नं. ५ मा वडा कार्यालय, वडा नं. ६ मा होलिचाइल्ड बोर्डिङ, राधिका मावि, मोरङ मोडेल आमावि केन्द्र तोकिएको छ ।

यस्तै, वडा नं. ७ मा राधिका मावि, भृकुटी मोडल एकाडेमी, पशुपति आमावि, वडा नं. ८ मा अरनिको मावि, लक्ष्मी मावि, वडा नं. ९ मा सार्वजनिक मावि र प्रभात आधारभुत विद्यालयलाई केन्द्र तोकिएको छ स्वास्थ्य शाखाले जनाएको छ । 

विद्यालयमा अध्ययनरत नरहेका १२ देखि १८ वर्षभित्रका बालबालिका लागि खोप उपलब्ध गराइएको नगर प्रमुख खड्ग फागोले बताए । फागोले बालबालिका र विध्यार्थीहरुलाई नजिकको पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेका छन् ।