रामधुनी/ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघ रामधुनी नगर समितिको नयाँ कार्यसमिति गठन भएको छ । सङ्गठन लाई बिस्तार गर्ने क्रममा नेपाली काङ्ग्रेस नगर कार्य समितीले नौसाद  खानको अध्यक्षतामा २३ सदस्यीय मुस्लिम सङ्घ नगर कार्य समिति गठन भएको हो । 

गठित समितिको उपाध्यक्ष बेचन मिया ,सचिव मो.मकबुल अहमद ,सह सचिव ईरफान आलम  ,कोषाध्यक्ष सुबान मिया रहेका छन् । 

नेपालका हरेक परिवर्तनमा मुस्लिम समुदायले पुर्र्याएको योगदानको कदर तथा मुस्लिम समुदायका समस्या र आबश्यकताको पहिचान गरी काम गने नवगठित समितिका अध्यक्ष नौसाद  खानले जानकारी दिनुभयो । 

४ वर्षे कार्यकाल रहेको समितिले मुस्लिम समाजका हकहित र सामाजिक कार्य गर्ने लक्ष्य रहेको नवगठित अध्यक्ष नौसाद  खानले बताउनुभयो ।

नगर भित्र छरिएर रहेका काङ्ग्रेस समर्थक मुस्लिम समुदायका ब्यक्तिहरुलाई सङ्गठित र समाहित गर्दै सबैलाई सस्थागत हिसाबले अगाडि बढाउदै नेपाली काङ्ग्रेसको नेतृत्वदाहि भुमिकामा ल्याइ मुस्लिम समुदायले पनी  नेतृत्व स्थापित गराउनका निम्ती नगर कार्य समिती लागी परेको नेपाली काङ्ग्रेस रामधुनी नगर सभापति सुदीप अधिकारीले बताउनुभयो ।

01