उर्लाबारी । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र प्रदेश नं. १ का सहमहामन्त्री खड्ग फागोबीच राष्ट्रियसभा निर्वाचनका बारेमा छलफल भएको छ ।

सोमबार प्रदेश नं. १ का सहमहामन्त्री फागो निवासमा नेता सिटौलासँग निर्वाचन र वर्तमान देशको राजनीतिक अवस्थामा समेत छलफल भएको बुझिएको छ ।

स्थानीय तहको निर्वाचन, गठबन्धन, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा नेता सिटौला र सहमहामन्त्री फागोबीच छलफल भएको मोरङ क्षेत्र नं. १ क का उपसभापति लोलिम पोमु लिम्बूले जानकारी दिए ।

नेता सिटौलाले पार्टीलाई मजबुद र सशक्त रुपमा अघि बढाउन आवश्यक रहेको सो क्रममा बताए ।

तीनै तहको निर्वाचनका बारेमा हाल सम्म कुनै निणर्य भैनभइसकेको समेत उनले बताए । सो क्रममा सहमहामन्त्री फागोले राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नं. १ गठबन्धनका उम्मेद्वार जिताउन लागि परेको बताए ।