सुनसरीको बर्जु गाउँपालिका–६ मा आयोजित महोत्सवमा पुगेका सर्वसाधारणले आगजनी गरेका छन् । बर्जुमा आयोजित महोत्सवमा कलाकार नआएपछि आक्रोशित भिडले आगजनी गरेको हो ।

बर्जु महोत्सव आयोजक समितिले भारतीय कलाकार खेसरीलाल यादव आउने भन्दै सर्वसाधारणलाई टिकट बिक्री गरेको थियो । तर खेसरीलाललाई स्थानीय प्रशासनले रोकेपछि आक्रोशित बनेको भिडले स्टेज तोडफोड र आगजनी गरेको हो । आक्रोशित भिडले महोत्सवस्थलमा पुगेका केही सवारीसाधनमा पनि आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले बल पनि प्रयोग गरेको छ ।