सुनसरी । नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा रेवती रमण भण्डारी विजयी भएका छन् । प्रतिद्धन्द्धी खेमराज पोखरेल र द्वारिकलाल चौधरीलाई फराकिलो मतले पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । भण्डारी संविधान सभा सदस्य तथा एमाले सुनसरीका पुर्व अध्यक्ष समेत हुन् भने पोखरेल निवर्तमान एमाले सुनसरीका अध्यक्ष हुन् । त्यसतै चौधरी इटहरी उपमहानगरपालिकाका मेयर तथा एमाले सुनसरीका पुर्व जिल्ला अध्यक्ष हुन् । १ हजार ८ सय ५ मत अर्थात् अन्तिम मतपरिणाम अनुसार भण्डारीको मत ९ सय २० मत र प्रतिद्धन्द्धी निवर्तमान जिल्ला अध्यक्ष पोखरेलको ७ सय ७५ मत र चोैधरीले ८० मत पाएका छन् । नेकपा एमाले सुनसरीका अध्यक्षमा दोस्रोपटक रेवती रमण भण्डारी दोहोरिएका छन् । उनले प्रतिष्पर्धी पोखरेल र चोैधरीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । भण्डारीले पोखरेललाई १ सय ४५ मत र चोैधरीलाई ८ सय ४० मतअन्तरले पराजित गरेका छन् । इटहरी उपमहानगर पालिकाका मेयर द्वारिकलाल चौधरी भने फराकिलो मतले पराजित भएको हो । यसैगरी उपाध्यक्षमा निलम खनाल विजयी भएका छन् । खनालले १ हजार ११ मत पाएर विजयी भएका हुन् । खनालको प्रतिद्धन्द्धी नन्दकुमार बस्नेतले ७ सय मत पाएर पराजित भएको हो। खनालले ३ सय ११ मतअन्तरले बस्नेतलाई पराजित गरेको हो । सचिबमा यसअघि नै पर्शुराम यादव निर्विरोध निर्वाचित भएका थिए । त्यसतै उपसचिवमा राम कोइराला र योग्यराज खड्का विजयी भएका छन् । कोइरालाले ८ सय २१ मत र खड्काले ५ सय ६३ मत पाएर विजयी भएका हुन् । प्रतिद्धन्द्धी अन्जनीकुमार पोखरेलले ४ सय ९७ मत, अर्जुन गहतराजले २ सय २९ मत, पदमप्रशाद लिम्बुले ५ सय २५ मत, लहरुमाया जिमीले २ सय ४० मत र लोकेश निरौलाले ४ सय ८४ मत पाएर पराजित भएका हुन् । गत २३ र २४ गतेदेखि जारी जिल्लाको सातौ अधिवेशनमा सर्वसम्मत नभएपछि गत २७ गते मतदान भएको थियो । इनरुवा नगरपालिका( १ जेल फिल्डको मतदान केन्द्रमा १ हजार ८ सय ५ मत खसेको थियोे । एमाले सुनसरीमा २ हजार १ सय ४३ मतदाता रहेका थिए ।