इटहरी , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन विराटनगर आउने भएका छन् । माघ ७ गते शुक्रबार बिहान ११ बजे देखि महेन्द्र चौक बिराटनगरमा हुने आमसभा कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष लिङदेन विराटनगर आउन लागेका हुन् ।

राप्रपाले आयोजना गर्न लागेको आमसभा कार्यक्रमलाई सम्बोधन गर्न नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन आउन लागेको पार्टीका केन्द्रिय सदस्य राम कुमार सुब्बाले जानकारी दिए । हाल देशमा भैरहेको समसामायिक परिस्थिती, भ्रष्टाचारले जडागाडी रहेको अवस्था, न्याय मरिरहेको अवस्थामा राप्रपा पार्टीले के गर्न सक्छ लगायतका विषयवस्तुलाई मध्यनजर गरेर सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

आफू निवार्चित भएपछि देशलाई कसरी अगाडी लैजान सकिन्छ, कसरी अगाडी बढ्दा देशका निमित्त अनुकुल वातावरण बन्छ भन्ने उद्देश्यले केन्द्रिय अध्यक्ष लिङदेनले  आमसभालाई सम्बोधन गर्न आउन लागेका हुन ।