इटहरी । पार्टी राजनीतिमा युवाहरुको आकर्षण बढ्दै गएको छ । शिक्षित अनि नयाँ भिजन भएका युवाहरुको प्रवेशले राजनीतिलाई अझ समृद्ध बनाएको छ । यस्तैमा सुनसरी जिल्लामा जारी नेकपा एमालेको जिल्ला अधिवेशनमा सुरज भण्डारी नेकपा एमालेको जिल्ला सदस्यका उम्मेदवारी दिने भएका छन् । 

वडा कमिटि सचिवालय सदस्य, युवा संघका बराह नगर कमिटि अध्यक्ष, युवा संघका जिल्ला उपाध्यक्ष हुँदै नेकपा एमाले जिल्ला कमिटि सदस्य मनोनित भएका भण्डारीले अधिवेशनमा जिल्ला सदस्य पदमा उम्मेदवारी दिने भएका हुन् । उनले पार्टीलाई युवाहरुको भावनाअनुसार अझ सक्रियतापूर्वक अघि बढाउन आफूले उम्मेदवारी दिन लागेको बताएका छन् ।