आगामी पुस १७ गते शनिबार इटहरी रङ्गशालामा प्रकाश सपूत, अल्मोडा राना उप्रेतीसहितको कलाकार आउने भएका छन् । ग्यालरी इभेन्ट प्रा।लीले अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा आयोजना गरेको ‘रिफ्रेस नाइट’ कार्यक्रममा प्रस्तुति दिन सपूत र उप्रेतीसहित धर्मेन्द्र सेवान र दिनेश ढकाल इटहरी आउने भएका हुन् ।


शनिबार दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा स्थानीय कलाकारहरू गंगा गौतम, सुमन परियार, स्पर्श व्याण्ड, विशाल खरेल, बिहानी डान्स सेन्टरले समेत कार्यक्रममा प्रस्तुति दिने ग्यालरी इभेन्टका कार्यक्रम संयोजक विजय गिरीले जानकारी दिए । 


कार्यक्रममा पछिल्लो समय चर्चित सामाजिक सञ्जाल ‘टिकटक’बाट अधिक दर्शकहरूले रुचाएका ‘टिकटकरहरु’ सुजा रायमाझी, मनिका बोहोरा, नेल्सन जोडि, मोडल विनोद बस्नेत र कमेडियन चोर बुढाबाट परिचित अमृत राईसँगै मास्के दाइको पनि उपस्थिति रहने छ ।


कार्यक्रममा प्रवेशका लागि सामान्य तर्फ टिकट दर २५० र भिआइपी टिकट १००० तोकिएको आयोजकले जानकारी दिएको छ । टिकट खरिद गर्ने मध्ये भाग्यशाली दुई जनाले लक्की ड्र मार्फत स्मार्ट फोन दिइने आयोजकले जानकारी दिएको छ । कार्यक्रमलाई ‘टुर्वेग बियर’ र ‘प्रिन्सेस वाइन’ले  प्रयोजन गरेका छन् ।