काठमाडौं । शुक्रबार दिउँसो नेपाल प्रहरीका एक जना एसएसपी निवासमै झुण्डिएको अवस्थामा फेला परे । संघीय प्रहरी इकाई कार्यालय रुपन्देहीमा कार्यरत सुशीलकुमार यादव आफ्नै सरकारी निवासमा मृत भेटिएका थिए ।

उनको मृत्यु सँगै उनीमाथि भएको ज्यादतीहरु समेत बाहिर आउन थालेको छ । सो कार्यालयमा प्रमुखको भूमिकामा रहेका एसएसपी यादवकै ब्याचीहरु प्रहरीका एआइजी बनिसकेका छन् ।एआइजीहरु विश्वराज पोखरेल र सहकुल थापा उनकै ब्याची हुन् ।

तर, बढुवामा सँधै पेलिएका उनी पटक पटकको बढुवामा पनि एसएसपीबाट बढुवा हुन सकेनन् । कतिपयले उनीमाथि भएको अन्यायकै कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरेका छन् । पछिल्लो पटक भएको डिआइजी बढुवामा समेत यादव परेका थिएनन् । यसबारे उनले आफू निकटस्थहरुसँग गुनासो गरेको स्रोतले जनाएको छ ।