विश्वप्रसिद्ध ग्रामी अवार्ड विजेता गायिका बिली इलिसले पोर्न हेर्नु कुनै पनि व्यक्तिको लागि निकै खतरनाक हुने बताएकी छिन् । एक अन्तरवार्तामा इलिसले आफ्नो अनुभव साझा गर्दै आफ्नो जिन्दगी पोर्नका कारण बर्बाद भएको बताएकी छिन् । बिलीका अनुसार उनले निकै कम उमेरदेखि पोर्न हेर्न थालेकी थिइन् ।

बीबीसीमा प्रकाशित रिपोर्टअनुसार बिलीले पहिलो पटक पोर्न हेर्दा उनको उमेर ११ वर्ष मात्र थियो । उनका अनुसार पोर्न हेर्न थालेपछि उनको मानसिक अवस्था बिग्रिएको थियो र उनले रातमा डरलाग्दा सपना देख्न थालेकी थिइन् । बिलीका अनुसार उनले यो कुरा आमालाई बताउँदा आमा निकै रिसाएकी थिइन् । बिलीको बुझाइमा पोर्नले हाम्रो शारीरिक सम्बन्धप्रतिको सोचलाई साँधुरो पारिदिन्छ र हामीले बुझ्न सक्दैनौं कि कसैसँग शारीरिक रुपमा निकट हुँदा के सामान्य हो ।

आफ्नो दोस्रो एल्बम ह्याप्पीअर देन इभरको एक गीतमा पनि उनले यो कुरा उल्लेख गरेकी छिन् कि कसरी उनी घरमा एक्लै हुँदा ध्यान मोड्न पोर्नोग्राफीको सहारा लिन्छिन् । बिलीका अनुसार उनलाई कहिलेकाहीँ यति पोर्न किन हेर्छु भनेर आफैसँग रिस उठ्थ्यो । २० वर्षकी बिलीलाई सानैदेखि संगीतमा रुची थियो । उनले ४ वर्षमै पहिलो गीत लेखेकी थिइन् । २०१९ मा उनलाई ग्रामी अवार्डमा ६ विधामा मनोनयन गरिएकोमा ५ विधामा अवार्ड नै जितिन् ।