स्कुल विदा भएपछि मदिरा, ड्रग्ससहित सेक्स पार्टी गरिरहेका १६ जना स्कुले विद्यार्थी पक्राउ परेका छन् । उनीहरुलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरिएको हो । केन्याको मुरंगामा एक माध्यमिक विद्यालयका यी विद्यार्थीहरु, मदिरा, ड्रग्सको नशामा सामूहिक यौन सम्बनधसहित पार्टी गरिरहेका थिए । घटनास्थलमाट महिला र पुरुष गरी १६ जना विद्यार्थीलाई पक्राउ गरिएको छ । अन्य संदिग्धहरुको खोजी जारी छ ।

यो स्कुल देशको गिटिटु प्रान्तमा छ । स्कुलबाट विद्यार्थीहरुलाई चाडपर्वको विदा दिइएको थियो ताकि उनीहरु आफ्नो घर जान सकुन् । विद्यार्थीहरु बसमा चढेर स्कुलबाट निस्किएका थिए । तर, घर जानुको सट्टा ठूलो संख्यामा विद्यार्थीहरु मदिरा पिउँदै सामूहिक शारीरिक सम्बनध बनाइरहेको अवस्थामा पक्राउ परेका हुन् । स्थानीय मिडिया टिभी ४७ ले सूत्रको हवाला दिँदै बताएअनुसार मंगलबार माकुयुका बारहरु र जंगली क्षेत्रबाट विद्यार्थीहरु पक्राउ परेका हुन् ।

केही विद्यार्थीहरुलाई बारको कोठाबाट निवृस्त्र अवस्थामा पक्राउ गरिएको हो । घटनास्थलबाट पुलिस अधिकारीहरुले हेरोइन सहित लागूऔषध पनि बरामद गरेका छन् । विद्यार्थीहरुमाथि कुन कानुनअनुसार कारवाही अगाडि बढाइयो भन्ने स्पष्ट छैन । सुत्रका अनुसार १० जना विद्यार्थी एउटा बन्द बारभित्र मदिरा पिउँदै शारीरिक सम्बन्ध बनाइरहेको अवस्थामा समाथिएका थिए भने अन्य विद्यार्थी जंगलमा यौन व्यवहार गरिरहेको अवस्थामा समातिएका थिए ।

यी सबै विद्यार्थीलाई माकुयु पुलिस स्टेशन लगिएको छ जहाँ उनहिरुलाई हिरासतमा राखिएको छ । पुलिस अधिकारीहरुले पक्राउ परेका विद्यार्थी र उनीहरुका स्कुलका कर्मचारीसँग सम्पर्क गरिरहेका छन् । एजेन्सीकाे सहयाेगमा