जाडो मौसममा हाम्रो हात खुट्टा सुख्खा हुने, फुस्र्रो देखिने तथा फुट्ने समस्या सामान्य नै हो । यो चिसो मौसममा प्राय सबैलाई हुने गर्दछ । तर हाम्रो शरिरमा रहेका संवेदनशील अंगमा भने यसले अलि बढी नै समस्याहरु देखाउन सक्छन् । हाम्रो शरिरकोे एक संवेदनशील भागको रुपमा हाम्रो ओठ पनि पर्दछ । जस लाई अली बढी हेरचाहको आवश्यक पर्न सक्छ । यी तरिका अपनाउनाले हामीले ओठ फुट्नबाट बचाउन सक्छौँ:  

लिपबाम दल्नुस्
समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस् । भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ ।

स्क्रब गर्नुस्
फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ । यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ । चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने गर्‍यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ । यसका लागि दाँत माझ्ने ब्रसले बिस्तारै ओठ सफा गर्न पनि सकिन्छ । यसरी सफा गरेपछि लिपबाम प्रयोग गर्न बिर्सनु हुँदैन ।

नकोट्याउनुस्
ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन । नत्र घाउ लाग्न सक्छ ।

बाममाथि लिपस्टिक लगाउनुस्
जाडो मौसमा लिपस्टिक लगाउनुअघि ओठमा लिपबाम लगाई सुक्न दिनुपर्छ र त्यसमाथि लिपस्टिक लगाउनुपर्छ । यसले ओठमा अतिरिक्त म्वइस्चराइजर उपलब्ध गराउँछ ।

ओठ नचाट्नुस्
जाडोमा ओठ सुखा हुने भएकाले ओठ फुट्ने गर्छ । ओठको सुखापन हटाउन ओठमा जिब्रो घुमाउने धेरैको बानी हुन्छ। यस्तो गर्नु हुँदैन । यस्तो गर्नाले ओठ अझ बढी सुखा हुन्छ ।