एजेन्सी । हलिउड गायिका एवं नायिका जेनिफर लोपेज चौथो विवाहको तयारीमा जुटेकी छन् । उनले चौँथो विवाह ‘ब्याटम्यान’ अभिनेता बेन एफ्लेकसँग गर्न लागेकी हुन् । पछिल्लो समय लोपेज र एफ्लेकको गहिरो प्रेम सम्बन्धरहेको चर्चा हुँदै आएको छ ।

उनीहरु सार्वजनिक स्थानमा पनि धेरै पटक भेटिँदै आएको उल्लेख गरिएको छ । ५२ वर्षीया लोपेज छिट्टै रिलिज हुन लागेको चलचित्र ‘म्यारी मी’को प्रमोसनमा व्यस्त रहेकी छन् । उक्त प्रमोनकै क्रममा उनले आफ्नो विवाहबारे जानकारी दिएकी हुन् ।

उनले आफ्नो चौँथो विवाहपछि शतप्रतिशत खुशी प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन् । जेनिफर लोपेजले अभिनेता बेन एफ्लेकसँगको सम्बन्ध अघि ३ पतिसँग पारपाचुके गरिसकेकी छन् ।