काठमाण्डाै । १९ लाख ६५ हजार छ सय डोज मोडर्ना खोप आज (आइतबार) नेपाल आइपुग्दैछ । आउँदो पुस ४ बाट १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई लगाउने यो खोप आज काठमाडौँ आइपुग्ने भएको हो ।

यो उमेरसमूहका लागि मोडर्ना र फाइजर खोप लगाउने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले यो खोप आज आइपुग्ने बताए ।

उनका अनुुसार ५७ जिल्लाका विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागिएको छ । खोपकेन्द्र तोक्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । हिमाली जिल्लामा सय र अन्य जिल्लामा कम्तीमा दुई सय विद्यार्थी भएको विद्यालयमै खोपकेन्द्र राखिने छ । 

दुई दिनअघि ३६ हजार ५१ हजार छ सय डोज मोडर्ना खोप आइसकेको छ । यसअघि १२ देखि १८ वर्ष उमेर समूहका २४ विशेषज्ञ अस्पतालहरूबाट दीर्घरोगीलाई फाइजर खोप लगाइएको थियो । 

काठमाडौं, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, भक्तपुर, ललितपुर, पर्सा, कास्की, बागलुङ, झापा, धनुषा, चितवन, बाँके, सुर्खेत, कैलाली, डडेलधुरा, काभ्रे, रुपन्देही र दाङमा यसअघि फाइजर खोप सञ्चालन भएको थियो । यीबाहेकका जिल्लामा मोडर्ना खोप लगाइने छ ।