इटहरी ।  तेश्रो भेरियन्टको कोरोना संक्रमण ओमिक्रोन भाइरसबाट बिश्वमा त्रास उत्पन्न भइरहेको बेला नेपालमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । यो संगसंगै भाइरसको जोखिम न्युनिकरण र उपचारमा खटिने चिकित्सकहरूलाइ सहज होस भन्ने उद्येश्यले सुनसरीको इटहरीमा सोमबार चिकित्सा सामग्रि हस्तानतरण गरिएको छ । शैक्षिक गतिविधि संगै सामाजिक क्षेत्रमा पनि कृयाशिल बनेको इटहरीस्थित स्किल क्याम्पसको सहजिकरणमा चीनको हाइनान प्रान्त अन्तरगत ूहाइनान कलेज अफ भोकेशन एण्ड टेक्निकूले पठाएको चिकित्सा सामग्री हस्तानतरण गरिएको हो । स्किल क्याम्पसको पहलमा उक्त चिकित्सकहरूले प्रयोग गर्ने चिकित्सा सामग्री सोमबार इटहरी अस्पताललाइ हस्तानतरण गरिएको हो । 

कोबिड १९ को संक्रमण पछि पुन देखा परेको तेश्रो चरणको भाइरस ओमिक्रोनलाइ फैलन नदिन र इटहरीको ग्रामिण भेगका जनताहरूलाइ पनि स्वास्थ्यको पहुच प्रदान गर्ने उद्येश्यले अस्पतालमा खटिने चिकित्सकहरूलाइ चिकित्सा सामग्री प्रदान गरिएको स्किल क्याम्पसका अप्रेसन डाइरेक्टर प्रज्वल पराजुलिले बताउनुभयो ।  चीनको हाइनान प्रान्त अन्तरगत ूहाइनान कलेज अफ भोकेशन एण्ड टेक्निकमा अध्यन्नरत समुहसंग स्किल क्याम्पसले इटहरीकालागि स्वास्थ्य सामग्रिको पहल गरेपछि उक्त कलेजले सहयोग स्वोरूप चिकित्सा सामग्रि पठाएको क्याम्पसका अप्रेसन डाइरेक्टर पराजुलीले बताउनुभयो । 

IMG_0021 हाइनानबाट चिकित्सकहरूलाइ उपचार पदतिमा सहज प्रदान गर्न २५ थान अक्समिटर , डिजिटल थर्ममिटर ६० थान , फस्ट एड बक्स ६० थान लगायतका चिकित्सा साम्री प्रदान गरिएको थियो । उक्त सामग्रिहरू इटहरी अस्पतालको भवनमा उपमहानगरकि उपमेयर लक्षमी गौतमलाइ हस्तानतरण गरिएको थियो । सामग्रि लिदै उपमहानगर कि उपप्रमुख लक्षमी गौतमले स्वास्थ्य क्षेत्रमा चिकित्सकहरूलाइ कतिपय स्थानमा यि सामग्रिहरू आवस्यक परिरहेको बेला स्किल क्याम्पसको पहलमा चिनको ूहाइनान कलेज अफ भोकेशन एण्ड टेक्निकूले समयमै उपलब्ध गराएको प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

IMG_0002