इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले विगत केही वर्ष यता देखि सञ्चालन गर्दै आएको हिसान स्पोट मिट यस वर्ष पनि जारी रहेको छ ।

   शिक्षाका साथै अतिरिक्त क्रियाकलापका माध्यमबाट समेत विद्यार्थीहरुको शारिरिक तथा मानसिक विकासमा जोड दिदै विगत केही वर्ष देखि सञ्चालन गरिदै आएको हिसान स्पोट मिट अन्तरगत सुनसरीको इटहरीमा वुद्धिचाल प्रयोगिताको आयोजना गरिएको हो ।

  सुनसरी जिल्लामा रहेका नीजि स्तरबाट सञ्चालित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल आवद्ध शैक्षिक संस्थाहरुको सहभागितामा सञ्चालन गरिदै आएको छ । सोही अन्तरगत यस पटक  वुद्धिचाल प्रतियोगिता इटहरीको सिवी कलेज इटहरीमा सञ्चालन गरियो । प्रतियोगितामा सुनसरीका विभिन्न ठाँउका १३ शैक्षिक सस्थाका १३ जना विद्यार्थीको सहभागिता रहेको छ । सिवी कलेजका सञ्चालक तथा शिक्षक खेमराज वास्तोलाको संयोजकत्वमा भएको प्रतियोगिताको समन्वय विसी कलेजले गरेको हिसान सुनसरीका सचिव सागर भट्टराईले जानकारी दिए ।