उर्लाबारी नगरपालिकाका मेयर तथा मोरङ क्षेत्र नं. १ का निवर्तमान सभापति युवा नेता खड्ग फागो नेपाली कांग्रेस प्रदेश नं. १ को सह–महामन्त्रीमा उठ्ने पक्का भएको छ ।

यसअघि पुनः क्षेत्रीय सभापति र जिल्ला सभापतिको उम्मेद्वार बन्ने चर्चा चलेपनि फागो प्रदेश नं. १ को सह–महामन्त्रीमा उठ्ने पक्का भएको हो ।

को हुन् फागो 

उर्लाबारी नगरपालिकाका नगर प्रमुख समेत रहेका क्षेत्रीय सभापति फागो नेपाली काँग्रेसको वडा सहसचिव हुँदै २०४९ सालदेखि राजनीतिमा होमिएका हुन् । तरुण दलको वडा सभापति, क्षेत्रीय सदस्य, क्षेत्रीय संयोजक, पार्टीको क्षेत्रीय कार्यसम्पादन सचिव हुँदै क्षेत्रीय सभापति भएका उनले राजनीति शास्त्रमा स्नातक (BA) र ग्रामीण विकासमा स्नातकोत्तर (MA) उपाधि हासिल गरेका छन् । 

दुई कार्यकाल सर्वसम्मत क्षेत्रीय सभापति हुँदै गर्दा उनले यस क्षेत्रमा सफल संगठन निर्माण गरेका छन् । सैद्धान्तिक र वैचारिक स्पष्ट अडान, कुशल, निडर, कार्यकर्ताको दुःखका सारथी फागो अग्रजहरुको क्षमता र अनुभवलाई आत्मसात गर्दै अघि बढेका युवा नेतृत्व हुन् । राष्ट्र र पार्टी सिद्धान्तप्रति युवालाई प्रोत्साहन गर्ने, युवाहरुलाई नेतृत्व दिलाउँदै जाने लक्ष्य बोकेका फागोे विकासप्रेमी नेताको रुपमा परिचित छन् । स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, अनियमितता रोक्न फागोले निर्वाह गरेको भूमिकाको सर्वत्र प्रसंसा हुने गरेको छ । उनले भन्ने गरेका छन्, “जनताको पैसा एक रुपैया खान्नँ, कसैलाई खान पनि दिन्नँ ।’  

उनि क्षेत्रीय सभापति हुदा स्थानीय, प्रदेश र संघीय निर्वाचनमा आफ्ना उम्मेद्वारलाई जिताउन अहोरात्र लागि पर्ने निस्वार्थी नेता हुन । उनको कार्यकालमा फागोले क्षेत्रभित्र रहेका ३७ वटै वडामा नेपाली काँग्रेसको जित निकाली ३४ सयभन्दा बढी क्रियाशील सदस्यको शिर उच्च राख्न सफल भएका थिए ।

मोरङ १ मा क्षेत्रीय सभापति हुँदा फागोको नेतृत्वमा भएका कार्यहरु अविश्मरणीय छन् । स्थानीय तहमा एमालेको किल्लाका रुपमा रहेका उर्लाबारी, लेटाङ, केराबारीमा नेतृत्व काँग्रेसले जित हात पार्‍यो । फागोको पार्टीप्रतिको क्रियाशीलता, सक्षमता, सबलता र  नेतृत्वदायि भुमिका बाट प्रेरित भएर नै यो क्षेत्रमा उनको कार्यकालमा ४ हजार २ सय जनाभन्दा बढी काँग्रेस प्रवेश गरेका थिए ।