पथरी । मोरङ पथरीशनिश्चरे स्थायी ठेगाना भएका सुविन पराजुलीले नेपाली कांग्रेस मोरङ जिल्ला सदस्यामा उम्मेद्वारी दिएका छन् २० बर्षको उमेरमै नेपाली काग्रेस पार्टीको विचार, निति र सिद्धान्तलाई अंगालेर लागेका पराजुली मिजासिलो, सरल सहज स्वाभावका रुपमा परिचित छन् ।

२०७१ साल बाट नेवि सघमा आवद्ध भएर उनि नेपाली काग्रेसको राजनितिमा होमिएका हुन् । राजनितिमा आवद्ध भएको छोटो समय यानिकी २०७४ साल देखि हाल जिपि कोइराला अध्ययन केन्द्र मोरङ अध्यक्षको जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गरिरहेका छन् 

उनले यस अवधिमा जिपि कोइरालाको सम्झनामा विभिन्न कार्यक्रम, बिचार गोष्ठी, रक्तदान, कार्यक्रम गर्दै नेपाली काग्रेसको गतिविधिलाई चलायमान बनाउदै आएका छन् । उनि नेपाली कांग्रेस पथरीशनिश्चरेका पुर्व नगर सदस्य समेत हुन् ।

बिए एल एल बि अध्ययनरत पराजुली कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा सम्वाहकको रुपमा रहेर अन्य पार्टीभित्र रहेका युवा जमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसको सवैलाई जोड्ने काग्रेस अभियानलाई चलायमान बनाउन आफ्नो उम्मेद्वारी रहेको बताउछन् ।