पथरी । मोरङ पथरीशनिश्चरे स्थायी ठेगाना भएका भुवन थापाले नेपाली कांग्रेस मोरङ जिल्ला सदस्यामा उम्मेद्वारी दिएका छन् ।

उमेरले भरर्खै २८ बर्षमा प्रवेश गरेका मिजासिलो, सरल सहज स्वाभावका थापाले मोरङ क्षेत्र नम्वर ३ बाट प्रतिनिधिमा निर्वाचित भएका थिए । पिपल्स क्याम्पस काठमाडौंबाट ने वि संघबाट स्वबियु निर्वाचनमा २०७० सालमा सचिव पदमा उम्मेदवारी दिएका थापा सोही बेलाबाट सक्रिय राजनीतिमा उदाएका हुन् ।

पार्टीका कुनै पनि पदमा हालसम्म दावि नगरेका थापा सामाजिक कार्यमा समेत संलग्न छन् । राजनैतिक सुजबुज र बिकासप्रेमी युवाको रुपमा चिनिएका उनी कन्स्ट्रक्सन व्यावसायी पनि रहेका छन् ।

नेताहरूसँग उठबसकै आधारमा चुनाव जितिन्छ भन्ने हुन्न । म कर्ममा बिश्वास गर्ने मान्छे हो । केही परिवर्तन गर्ने सोचका साथ जिल्ला सदस्य पदमा उम्मेद्वारी दिएको थापाको भनाई छ ।