सुनसरी : सुनसरी क्षेत्र नं. २ कांग्रेस तर्फको महाअधिवेसन प्रतिनिधि  उद्धार (खुल्ला) मा आशिष प्याकुरेलले उम्मेद्वारी दिने भएपछि यतिबेला आम कांग्रेस कार्यकर्ताले खुसी व्यक्त गरिरहेका छन् । रामधुनीका युवा नेता आशिष प्याकुरेलले स्थानीय रामधुनी बासी मात्र नभइ देशभरका नागरिकलाई समस्या परेको बेला बिभिन्न  क्षेत्रबाट आफ्नो सक्रियताका साथ सहयोग गर्दै आएका छन् । 

प्याकुरेलले उम्मेद्वारी प्रस्तुत गरेसँगै यतिबेला चुनावी सरगर्मी बढेको छ । विद्यार्थी जीवनबाटै राजनीति क्षेत्रबाट समाज रूपान्तरणको सपना बोकेर हिँडेका आशिष प्याकुरेल यति बेला महादिबेशन प्रतिनिधि उमेद्धार  (खुल्ला) मा आफ्नो उमेद्धार दिने भएका हुन । 

राजनीतिलाई नितान्त सेवाको विषयका रुपमा उजागर गर्ने कांग्रेस नेताका रुपमा आफूलाई स्थापित गराउँदै आफ्नो क्षेत्रको विकास तथा विस्तारमा सदैव लाग्ने उनको अठोट छ । जनताको सेवा, संगठन सुदृढिकरण र संगठन विस्तारमा अहोरात्र खटिने उनी बलियो संगठन निर्माण नै जनताको भाग्य र भविष्य सग जोडिएको तर्क राख्दछन् ।

साझा र बलियो कांग्रेस बनाउन आम कार्यकर्ताहरुले  पटकपटक आग्रह गरेपछि आफूले उम्मेद्वारी दिने घोषणा गरेको आशिष प्याकुरेलको भनाई छ । उनको उम्मेद्वारी सँगै अधिकांश कार्यकर्ताहरूले सर्वसम्मत चयन गर्नु पर्ने धारणा राख्दै आएका छन् । पार्टीलाई मजबुत र चलायमान बनाउन उनले सुनसरी  क्षेत्र नं. २ को  महाअधिवेशन  प्रतिनिधि उमेद्धार  ( खुल्ला) मा  उम्मेद्वारी दिएको बताएका छन् । 

विकास निर्माणमा मात्रै नभएर सरसहयोग र सेवाको क्षेत्रमा पनि प्याकुरेल पार्टी कार्यकर्ता र अन्य व्यक्तिहरूमा  लोकप्रिय छन् । उनी कहाँ समस्या लिएर जाने जो कोहीलाई पनि सहयोग गर्ने बानीका कारण पार्टीभित्र र बाहिर उत्तिकै लोकप्रियता देखिन्छ । आश्वासन मात्र लिएर फर्कनु नपर्ने भेटघाट भएका ब्यक्तिहरू बताउँछन् । समस्या लिएर जाने जोकोहीको समस्या तुरुन्त समाधानको पक्षमा जाने  बानीका कारण सबै उनीबाटै प्रभावित बन्ने गरेका छन् । 

प्याकुरेलले  १४ औ महाधिवेसनमा सवै लाई नागरिकले चाहेको र नागरिकको सेवामा समर्पित नेतृत्व चयन गर्न पनि आग्रह गरेका छन् ।

259283593_1868396776666674_8664175172456285101_n