उर्लाबारी । नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ (क) को सभापतिमा नरबहादुर मोक्तान विजयी भएका छन् । शनिबार मधुमल्ला पार्टी प्यालेसमा सम्पन्न मतदानको अन्तिम मत परिणाम अनुसार दुई प्रतिस्पर्धीलाई उछिन्दै मोक्तान विजयी भएका हुन् । सभापतिमा मोक्तानले १३० मत प्राप्त गरे भने प्रत्यासी अर्जुन तुम्रोकले ९६ र वीरबल थापाले ३८ मत पाए । सभापतिमा निर्वाचित मोक्तान बर्तमान क्षेत्रीय सभापति खड्ग फागो पक्षका हुन् । 

यस्तै, उपसभापतिमा चुडामणि निरौला (प्रकाश) र राजकुमार पोमू लिम्बू (लोलिम) विजयी भएका छन् । निरौलाले १७२ मत र लिम्बूले १४९ मत पाए । उपसभापतिका प्रत्यासी सोमप्रसाद तिम्सिना (राम) ले १२० मत प्राप्त गरे । 

यस्तै, सचिवमा कोमलप्रसाद ढकाल र नारदमणि नेपाल विजयी भएका छन् । ढकालले १४७ र नेपालले १३८ मत पाए । सचिवका प्रत्यासी रेसबहादुर कटुवालले ७१ र भानुभक्त कटुवालले ८९ मत प्राप्त गरे । सहसचिवमा नारायण धिमाल १६८ मत र नेत्रप्रसाद आपागाई १५९ मत प्राप्त गरी विजयी भए । सहसचिवका अर्का प्रत्यासी गणेश राईले १०१ मत प्राप्त गरे । 

प्रदेश अधिवेशन प्रतिनिधि खुलातर्फ गञ्जबहादुर कार्की (१३५), मनोज सुवेदी (१२७), जयधर्म आचार्य (११३), टंकबहादुर राई (१०७), सुरेन्द्रबहादुर कार्की (१०२), नारायणप्रसाद आचार्य (९८), ओमकुमार दाहाल (९६) मत प्राप्त गरी विजयी भए । खस आर्यतर्फ जितबहादुर खत्री १३९ मत प्राप्त गरी विजयी भए । आदिवासी जनजाति प्रदेश प्रतिनिधिमा सुवास लामा (१७६ मत) र डिल्लीराम लिम्बू (१३९ मत) विजयी भए । 

प्रदेश अधिवेशन प्रतिनिधिमा यसअघि प्रत्यक्ष महिलामा निर्मला सिटौला, संगीता धिमाल र तुला मिभक, खस आर्य महिलातर्फ सावित्राकुमारी बस्नेत, आदिवासी जनजाति महिलातर्फ देवीकला राई निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै मोरङ क्षेत्र नम्बर १ प्रदेश (ख) मा राजकुमार तामाङ नेतृत्वको टिम सर्बसम्मत  भएको  । यो सगै मोरङ क्षेत्र नम्बर १ को  सभापतिका उम्मेदवार खड्ग बहादुर फागो पक्ष बलियो मानिएको छ । मोरङ क्षेत्र नम्बर १ को मंसिर ७ गते हुने निर्वाचनमा सभापति पदमा लेटाङ नगरपालिकाका मेयर शंकर राई र बर्तमान क्षेत्रिय सभापति एवम उर्लाबारी नगरपालिका मेयर खड्ग फागोले उम्मेद्वारी घोषणा गरेका छन् ।