उर्लाबारी । नेपाली कांग्रेसको १४ औ महाधिवेसन अन्र्तगत मोरङ क्षेत्र नम्वर १ (क) को उप-सभापतिमा पदमा सोम प्रसाद तिम्सिना (राम) र लोलिम पोमुको भिडनत हुने भएको छ ।

उर्लाबरी र मिक्जाजुङमा लोकप्रिय रहेका उर्लाबारी-३ का बर्तमान वडा सदस्य सोमप्रसाद तिम्सिना (राम) र उर्लाबारी-९ का लोलिम पोमुले मोरङ क्षेत्र नं. १ (क) को उप-सभापतिमा उम्मेद्वारी दिए सगै प्रदेश निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढ्दै गएको छ ।

सहयोगी भावनाका तिम्सिना सामाजिक सेवामा पनि उत्तिकै सक्रिय युवाका रुपमा परिचित छन् । उर्लाबारी-३ मगलबारेमा २०५८ सालदेखी नुतन औसधि पसल सन्चालन गर्दै आएका उनले व्यावसायिक सफलताकै कारण परिचत भएका व्याक्ति हुन् । 

कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउदै काग्रेसका भातृसघठनहरुलाई चलायमान गराएर सबै आट्ने काग्रेस बनाउन आफुले क्षेत्र नं. १ (क) को उप-सभापतिमा दाबी प्रस्तुत गरेको उनको भनाई छ ।

तिम्सिना नेपाली काग्रेसको राजनितीमा २०६२ सालदेखी सक्रियरुपमा लागि परेका युवा हुन । उनले २०७२ को ससदिय निर्वाचनमा मोरङ क्षेत्र १ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका डिक बहादुर लिम्बुलाई जिताउन उनी अहोरात्र खटिएको कांग्रेस जनहरुको भनाई छ ।

आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्टीभित्र रहेका युवाजमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । 

यस्तै तिम्सिना सगै चुनावी मैदानमा होमिएका उर्लाबारी-९ निवासी पोमुले पनि शसक्त र बलियो उम्मेद्वारका रुपमा रहेका छन् । सहयोगी भावनाका पोमु सामाजिक सेवामा पनि उत्तिकै सक्रिय युवाका रुपमा परिचित रहेका छन् ।

उर्लाबारीमा अरनिको अस्पताल संचालन गर्दै आएका पोमुले जहाँ समस्या पर्छ, त्यहाँसहयोग गर्दै आएका छन् । कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफुले क्षेत्र नं. १ (क) को उप-सभापतिमा दाबी प्रस्तुत गरेको उनको भनाई छ । 

आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्टीभित्र रहेका युवाजमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

यता कांग्रेसजनहरु भने यति बेला व्यावसायिक हिसावले एउटै फिल्डमा रहेका दुवैको उम्मेद्वारीले निर्वाचनमा रौनकता थपेको बताउदै आएका छन् ।