पथरी । मोरङ क्षेत्र नम्वर ३(क) को भोलि हुने निर्वाचनका काइराला समुहले आफ्ना उम्मेद्वार घोषणा गरेको छ ।

विहिबार पथरी शनिश्चरे १ स्थित सरस्वती गेष्ट हाउसमा आयोजित कार्यक्रममा समुहले आफ्ना उम्मेद्वार घोषणा गरेको हो ।

नोवेल मेडिकल संचालक डा. सुनिल शार्मा(न्यौपाने) निकट मानिएको कोइराला समुहका उम्मेद्वारहरुको घोषणा गरिएको हो ।

मोरङ क्षेत्र नम्वर ३(क) को भोलि हुने निर्वाचनका लागि सभापतिमा गंगा याक्खा, उपसभापतिमा बाबुराम दाहाल र त्रीभुनाथ फुयाल(सन्तोष), सचिवमा मात्रीका प्रसाद न्यौपाने र हिम प्रसाद तिम्सिना रहेका छन् भने सह-सचिवमा राधा सग्रौला र नामिहाङ राई(श्रीहाङ) को घोषणा गरेको छ ।

घोषणा कार्यक्रममा अध्यक्ष पदका उम्मेद्वार गंगा याक्खाले पार्टीलाई आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्टीभित्र रहेका युवाजमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । 

यस्तै संगठन भित्रको वितृष्णा, विक्रिति र विसंगतिका बारेमा युवा जमातमा चेतना अभिबृद्धि गर्ने टिमको साझा संकलप्प रहको याक्खाले बताए ।

कार्यक्रमका प्रमुख अथिती मोरङ क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभाको उम्मेद्वार बनेका डा. सुनिल शर्माले समुहको जित निश्चीत भएका कारण इमान्दार पुर्वक आफ्नो समुलाई भोट हाल्न अनुरोध गरे ।