उर्लाबारी । मोरङ क्षेत्र नं. १ को सभापति पदमा बर्तमान क्षेत्रिय सभापति खड्ग फागोले उम्मेद्वारी दिने भएपछि यतिवेला आम कांग्रेस कार्यकर्ताले खुसी व्यक्त गरिरहेका छन् ।

मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागोले यस अघि क्षेत्र छाडेर जिल्ला तहको सचिव अथवा अन्य कुनै पदमा जाने ईच्छा व्यक्त गरेका थिए ।

तर संघिय रुपरेखा अनुसार आम कार्यकर्ताको आग्रह र पछिल्लो चुनावी माहोलका कारण शक्ति विकेन्द्रिकरण र बलियो र साझा कांग्रेस निर्माणको लागि कार्यकता तहबाट क्षेत्रिय सभापतिमा फागोको माग आएपछि फागोले पुनः क्षेत्रिय सभापतिमा उम्मेद्वारी दिन फागो तयार भएको स्रोतले बताएको छ।

मेयर फागोले क्षेत्र नं. १ को सभापतिमा उम्मेद्वारी प्रस्तुत गरेसगै यतिवेला चुनाबी सरगर्मी बढेको छ । वर्तमान क्षेत्रीय सभापति खड्ग फागो पुनः क्षेत्रीय सभापतिमा उठ्ने घोषणासँगै लेटाङका शंकर राईले पनि उम्मेद्वारी घोषणा गरेका छन् । 

क्षेत्रिय सभापति फागो राजनितिलाई नितान्त सेवाको विषयका रुपमा उजागर गर्ने कांग्रेस नेताका रुपमा स्थापित नाम हो । जनताको सेवा, संगठन सुदृढिकरण र संगठन विस्तारमा आहोरात्र खटिने फागो बलियो संगठन निर्माण नै जनताको भाग्य र भविष्य सग जोडिएको तर्क राख्दछन् ।

साझा र बलियो काग्रेस बनाउन आम कार्यकर्ताहरुले पटक-पटक आग्रह गरेपछि आफुले पुनः एक कार्यकालका लागि क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेको फागोको भनाई छ । 

उनको उम्मेद्वारी सगै अधिकांश कार्यकर्ताहरुले पुनः क्षेत्रीय सभापतिमा फागोलाई सर्वसम्मत चयन गर्नु पर्ने धारणा राख्दै आएका छन् । पार्टीलाई क्षेत्र नं. १ मा मजबुत र चलयमान बनाउन फागोको आबश्यता रहेको औल्याउदै उनिहरुको फागोलाई सर्वसम्मत चयनको माग गरेको एक क्षेत्रिय प्रतिनिधिले बताए । उनले भने- हामी धेरै जना सर्वसम्मतको पक्षमा छौ यदि चुनावै भै हाले पनि फागोले अत्याधिक मतले जित्नु हुन्छ यो पक्का हो । 

दुरदर्शी सोच भएका फागोले पछिल्लो समय उर्लाबारी नगरपालिकालाई नमुना र सुरक्षित बनाउनका लागि “उज्योलो उर्लाबारी सुरक्षित उर्लाबारी” अभियान अन्र्तगत प्रदेश नम्वर-१ मै मुख्यराजमार्ग र नगरपालिकाका सवै सडकमा सडक बत्तिको विस्तार गर्ने पहिलो नगरपालिकाका रुपमा स्थापित गराएका छन् । उनको त्यो भिजनको प्रदेश नम्वर १ भरिनै चर्चा हुने गरेको छ ।

विकास निर्माणमा मात्रै नभएर सरसहयोग र सेवाको क्षेत्रमा पनि फागो पार्टी कार्यकर्ता र अन्य व्याक्तिहरुमा  लोकप्रिय छन् । फागो कहाँ समस्या लिएर जाने जो कोहीलाई पनि सहयोग गर्ने बानीका कारण पार्टीभित्र र वाहिर उत्तिकै लोकप्रियता देखिन्छ । आश्वासन मात्र लिएर फर्कनु नपर्ने भेटघाट भएका ब्यक्तिहरु बताउँछन् । समस्या लिएर जाने जोकोहीको समस्या तुरून्त समाधानको पक्षमा जाने फागोको बानीका कारण सवै उनिबाट प्रभावित बन्ने गरेका छन् । 

सरल ब्यबहार, सहयोगी भावना र सबैलाई समान सद्भावको दृष्टिकोले हेर्ने उनको स्वभाव आफैँमा आलङकारिक छ । क्षेत्रीय सभापतिका लागि उनको सरल स्वभाव, सहयोगी बानी, सवैलाई समान दृष्टिकोणको आचरण नै फागोलाई सर्वसम्म माग गर्ने मुल आधारस्तम्भ रहेका स्रोतको भनाई छ । पार्टीमा हाक्की र स्पष्ट वक्ताका रुपमा स्थापित फागोको चरित्रका कारण नै उनि सवै माझ लोकप्रिय बनेका छन् ।  

राजनिति र जनसेवा एक अर्काको परिपुरक हो भन्ने राजनितिक शिक्षा दिने फागो, सामाजिक न्याय तथा लोकतान्त्रिक समाजबादको जग बसाल्न सक्ने क्षमतावान नेताको रुपमा मोरङ क्षेत्र नम्वर १ ले जन्माएको क्षेत्रिय प्रतिनिधि, नेपाली कांग्रेस आस्थावान आम कार्यकर्ता र अन्य राजनैतिक दलमा आवद्ध युवाहरुको बुझाई छ ।

सभापति फागोले १४ औ महाधिवेसनमा सवैलाई नागरिकले चाहेको र नागरिकको सेवामा समर्पित नेतृत्व चयन गर्न पनि आग्रह गरेका छन् ।