उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्वर १(क) को क्षेत्रिय सभापतिमा नेपाली कांग्रेसका ३ हस्ती नेताहरुको भिडन्त् हुने भएको छ ।

मंसिर ३ गतेका लागि तोकिएको प्रदेश मोरङ क्षेत्र नम्वर १(क) को सभापति पदमा उर्लाबारीका नेता एवम क्षेत्र नम्वर १ का क्षेत्रिय सल्लाहाकार नरबहादुर मोक्तान, नेपाली काग्रेसमा बलियो पकड भएका कांग्रेसका युवा नेता उर्लाबारी-३ का अर्जुन तुम्रोक र नेपाली कांग्रेस उर्लाबारीको नगर सभापतिको कार्यभार सम्हाली सकेका उर्लाबारी-७ का वडा अध्यक्ष एवम नेपाली कांग्रेसका नेता बीरबल थापा चुनावी मैदानमा उत्रने भएका छन् ।

उनिहरुले आसन्न् नेपाली कांग्रेसको प्रदेश स्तरिय निर्वाचनमा मोरङ क्षेत्र नम्वर १ (क) को सभापति पदमा उम्मेद्वारी प्रस्तुत गरेका हुन् ।

विध्यार्थी जिवनदेखीनै राजनितिमा होमिएका मोक्तान राजनितिमा पद र प्रतिष्ठान भन्दा  पनि परिवर्तनका लागि राजनिति गर्नु पर्दछ भन्ने मान्यता बाट ओतप्रोत भएका त्यागी नेताका रुपमा यस क्षेत्रमा स्थापित व्यात्तित्व हुन् । 

१६ वर्षको कलिलो उमेर देखीनै राजनितिमा चासो र सक्रियता देखाउदै आएका मोक्तानले नेपाली कांग्रेसको राजनितिमा २०५४ सालमा भएको स्थानिय निकायको निर्वाचनमा साविक राजघाट गाउविकास समितिको अध्यक्ष पदमा उम्मेद्वारी दिए सगै समिपमा रहेर कार्य गर्दै आएका हुन् । 

मोक्तान विगत ३० वर्ष देखी राजनितिमा सक्रिय रुपमा अनवरत लागि पर्दै आएका छन् स्थानिय युवा नेता  हुन् । 

यस्तै कांग्रेस मोरङ क्षेत्र नम्बर १(क) को सभापतिमा अर्जुन तम्रोकले पनि बलियो दाबेदारी प्रस्तुत गरेका छन् । उर्लाबारी-३ निवासी नेपाली कांग्रेसका युवा नेता तुम्रोकले क्षेत्र नं. १ (क) को सभापतिमा आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।

युवाहरु माझ लोकप्रिय तुम्रोकको उम्मेद्वारी सगै युवा कार्यकर्ताहरु उत्साहित बनेका छन् ।  सामाजिक सेवामा सक्रिय तुम्रोक सहयोगी भावनाका युवाका रुपमा स्थापित नेता हुन् । कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफुले क्षेत्र नं. १ (क) को सभापतिमा दाबी प्रस्तुत गरेको उनको भनाई छ ।

यस्तै नेपाली काँग्रेस उर्लाबारीका निवर्तमान सभापति वीरबल थापाले मोरङ क्षेत्र नं. १ (क) प्रदेश क्षेत्रीय सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । लामो समय नगर समितिको नेतृत्व गरेकोले स्वभाविक रुपमा आफू प्रदेश क्षेत्रीय सभापतिको उम्मेद्वार रहेको बताउदै उनले उम्मेद्वारी प्रस्तुत गरेको बताए ।

नेपाली काँग्रेस उर्लाबारीको इतिहासमा लामो समय खर्चेका थापाको बुथ समिति हुँदै तरुण दल उर्लाबारीको सभापति, तरुण दल मोरङको उपसभापति, काँग्रेस उर्लाबारी गाउँ समिति सचिव हुँदै तीन कार्यकाल नगर सभापति सम्मको पदिय जिम्मेवारीको अनुभव अङगाली सेकेको अनुभव थापासग रहेको छ ।

नेपाली कांग्रेसमा लोकप्रिय रहेका ३ नै नेताहरुको एउटै पदमा उम्मेद्वारी परेसगै सभापति पदको निर्वाचनमा कस्ले बाजी मार्ला भन्ने बारेमा यतिवेला चिया पसल, सार्वजनिक स्थल, मानवघाट र सभासमारोहमा समेत कार्यकर्ता र अन्य जमातका विचमा चर्चा र बहस हुन थालेको छ । 

चुनावी प्रतिष्पर्धामा राजनिति सगसगै विषेश गरी स्थानिय क्षेत्रको विकास र समृद्धिका लागि निरन्तर उर्लाबारी र साविक राजघाटका किसानहरुका अगुवाका रुपमा स्थापित नरबहादुर मोक्तानको उम्मेद्वारीलाई पनि  निकै महत्वका साथ हेरिएको छ ।

विषेश गरी काग्रेसको अस्तीत्व रक्षाका लागि युवासहितको नेतृत्व परिवर्तनमा जोड दिदै आएका मोक्तान अवको राजनितिमा अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन गर्नु पर्ने धारणा राख्दछन् ।

विषेश गरी संगठन सुदृढिकरण र संगठन भित्रको विवेदको राजनितिलाई चिर्न आफ्नो उम्मेद्वारी प्रस्तुत गरेका मोक्तान नेपाली काग्रेसको इमान्दार, सरल र सहज नेताका रुपमा कार्यकर्ता माझ परिचित नाम हो ।

उर्लाबारी-९ स्थायी ठेगाना भएका मोक्तान जनताको जनजिबिकासँगै बिकास निर्माण र संगठन् सुदृढिकरण र स्थानिय जनताको पिरमर्कालाई सम्वधित सरोकारवाला निकाय सम्म पुर्‍याउन पुलको रुपमा कार्य गर्दै कार्यान्वयनका लागि वडा, नगर, प्रदेस र केन्द्र सरकार सम्म समस्या समाधानको लागि पहल गर्ने माध्यम बन्न सभापतिमा उम्मेद्वारी दिएको बताउछन् ।

मोक्तान भन्छन््- प्रविधिमैत्री सुदृढ कसिलो संगठन बलियो काग्रेस सवल नेपालको मुल आधारस्तम्भ भएका कारण सो कुरालाई कार्यान्वयन गराउन साथै कार्यकर्ताको संरक्षण, उनिहरुको उचित मुल्यांकन गरी पार्टीका विभिन्न भातृसंगठनहरुलाई चलायमान गराई सवैलाई उचित भुमिका र जिम्मेवारी प्रदान गर्न आफ्नो उम्मेद्वारी रहेको मोक्तान बताउछन् ।

माहाधिवेसनमा मोक्तान सगै चुनावी मैदानमा होमिएका युवा नेता अर्जुन तुम्रोकको पनि सामाजिक क्षेत्रमा सक्रिय युवा नेताको रुपमा स्थापित परिचय हो ।

तुम्रोकको नेपाली कांग्रेस पार्टीमा राम्रो पकड भएका नेताका रुपमा चिनिन्छन् । तुम्रोकले आफु सभापति भएपछि क्षेत्रीय कार्यालयको भवन निर्माण गर्ने प्रतिबद्धता सहित १४ औ महाधिवेसनमा आफुले उम्मेद्वारी प्रस्तुत गरको बताए । 

उनले भने-“इतिहास बोकेको छु भन्नेहरु धेरै आए सवैको देखियो कतिको लाभदायी र फलदायि रह्यो  भन्ने कुरा ! परिणाम के आयो ? त्यो पनि नजिक बाट निहालेका छौ सवै कुरा हेर्दा सन्तोषजनक परिणाम आउन नसकेपछि परिणाम ल्याउने गरि र प्रत्येक वडामा पार्टीको वडा कार्यालयको व्यवस्थित व्यवस्थापन गर्ने, अर्ध वार्षिक रुपमा प्रदेश (क) अन्तर्गत सबै वडा समितिहरुलाई पार्टी संचालनमा अझ सक्षम र सबल बनाउन नियमित बैठक, छलफल, अन्तरक्रिया र प्रशिक्षणको व्यावस्था गराउने अठोटका साथ १४ औ अधिवेसनमा सभापति पदमा सहभागि हुँ ।

साथै आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्र्टीभत्र रहेका युवाजमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

नेपाली काग्रेस पार्टीलाई चलायमान बनाउन पार्टीका विभिन्न भातृसंगठन रहेका छन् । ति संगठनहरु  विगत लामो समय देखी छिटफुट रुपमा संचालित भएको स्मरण गर्दै सवै भातृसंगठनहरु लाई चलायमान गराउदै बलियो काग्रेस सवल नेपाल बनाउने अभियानमा लागि पर्ने तुम्रोकको भनाइ छ ।

कांग्रेसका भातृसंगठनहरुमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल भुतपुर्ब शैनिक संघ, नेपाल किसान संघ ,नेपाल प्रजातन्त्र शेनानी संघ, नेपाल आदिबासि तथा जनजाती संघ, नेपाल दलित संघ, र सुभेच्छुक सस्थांहरुमा नेपाल शिक्षक संघ, नेपाल ट्रेड युनियन जस्ता संगठनहरु भएता पनि सवै संगठन चलाएमान नभएका कारण कांग्रेस संगठित हुन नसकेको औल्याउदै सवै संगठनहरुलाई चलायमान बनाई पार्टीलाई सशक्तीकरण गर्ने कार्य गर्ने उनको अठोट रहेको छ ।

भूकम्प, बाढि/पहिलो जस्ता दैवी विपत्ती आईपरेको अवस्थामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु सबैलाई मानवीय धनजनको क्षतिमा सहयोग गर्दै आएका उनले पार्टीलाई सहयोग गर्न र सहयोग जुटाउन सक्रिय हुने जनाएका छन् ।  

यता थापा भने, आफूले पार्टीमा पुर्‍याएको योगदानका आधारमा आम क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित गराउने अपेक्षा राख्दछन् । थापा भन्छन्-आफुले काँग्रेसको नेतृत्व लिँदै गर्दा सुरुमा पार्टी निकै कमजोर थियो, संगठन विस्तार र पार्टी सुदृढिकरण छलाङ मार्दै अहिले उर्लाबारीमा बलियो काँग्रेस बनाउनमा आफ्नो अहम भुमिका छ भन्दा फरक नर्पला, बलियो र सुदृढिड कांग्रेस  आजको आवश्यता भएका कारण सभापति पदमा आफ्नो उम्मेद्वारी रहको उनको तर्क छ ।

पुराना दिनहरुलाई सम्झीदै थापा अगाडी थप्छन्-२०५४ सालको स्थानीय निर्वाचनमा एमालेले सबै सिट जितेको थियो तर २०७४ को निर्वाचनमा काँग्रेसले नगर प्रमुख, पाँच वडाध्यक्षसहित २३ सीटमा जित हाँसिल गर्दा काँग्रेस उर्लाबारीको नेतृत्व हाँक्ने आफू नै रहेको र सफलता हात पारेकाले पनि आम प्रतिनिधिहरुले योगदान र त्यागको सहि मुल्याङकन गरी निर्वाचित गराउनेमा आफु विश्वस्त रहेको उनको भनाई छ ।

सभापति पदमा उम्मेद्वारी दिएका ३ नै जना नेताहरुको लोकप्रियता उतिकै भएका कारण उनिहरु विचको चुनावी प्रतिष्पर्धा निकै कडा हुने कार्यकर्ताको बुझाई छ । उर्लाबारी नगरपालिका र मिक्लाजुङका ६ वटा वडा यस प्रदेश सभा निर्वाचन क्षेत्रमा समेटिएका छन् । प्रदेश सभा क्षेत्रिय समितिको निर्वाचन तालिका आगामी मंसिर ३ गतेका लागि तोकिएको छ ।