पथरी । नेकपा एमाले पथरीशनिश्चरे नगर अधिबेशनबाट अध्यक्षमा रमेश दाहाल सर्वसहमत चयन भएका छन् ।

मंगलबार साँझ अबेरसम्म सर्वसहमति गरी अध्यक्ष मण्डलले दाहालको नेतृत्वमा पदाधिकारीको घोषणा गरेको हो । 

यस्तैगरी उपाध्यक्षमा उमानाथ अधिकारी, सचिवमा भीम राई, सह-सचिवमा रुक्मीणा बजगाई र एलबी भण्डारी सर्वसमत चयन भएको अध्यक्ष मण्डलका सदस्य अर्जुन क्षेत्रीले जानकारी दिए ।


अधिकारी, दाहाल, अधिकारी राई तीनै जना अध्यक्षका दाबेदारी थिए । अध्यक्षको लागि बाबुराम ऐङ्देन, प्रकाश कार्की, ज्ञानेन्द्र अधिकारी लगायतको पनि दाबेदारी थियो । 

अधिवेशनको लागि पार्टीको प्रदेश सदस्य रामकुमार बस्नेतको अध्यक्षतामा युवराज बास्कोटा, देबराज भण्डारी, दिलिपकुमार राई (किशोर) र अर्जुनकुमार क्षेत्री सदस्यरहेको समिति गठन भएको थियो ।

एमालेको भर्खरै समापन गरेको विधानसभाले स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव एक एक जना सहित गाउँ, नगरमा ७५ सदस्य रहने व्यवस्था गरेको छ ।