पथरी । आजबाट पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । मोरङको पथरीशनिश्चरे-१० को प्रस्तावित पथरी रंगशालामा प्रतियोगिता संचालन हुने भएको छ ।

थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा हुने सो प्रतियोगिताको सम्पूणर् तयारी पूरा भएको खेल संयोजक गणेश थक्लुङ लिम्बुले जानकारी दिए । प्रतियोगिताको लागि खेल मैदान सफाई, स्टेज निर्माण लगायतको तयारी पूरा भएको छ । खेलाडी र दर्शकहरुको लागि मुख्य सडक दक्षिण रोडमा स्वागतद्वार निर्माण भएको छ । प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाउँनेछन् ।

उद्घाटन खेल झापाको शिवसताक्षी एफ.सी. र भाउन्ने एफ.सी. बीच हुनेछ । प्रतियोगिताको प्रथम र दास्रो हुने टिमले क्रमशः १ लाख १ हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने आयोजकका सुमन कुरुङबाङले जानकारी गराए ।