मोरङ नेकपा एमाले उर्लाबारी-३ वडा कमिटी अध्यक्षमा भीष्म बुढाथोकी चयन भएका छन् । मंगलबार भएको वडा अधिवेशनबाट बुढाथोकीको नेतृत्वमा कमिटी सर्वसम्मत चयन भएको हो ।

वडा कमिटीको उपाध्यक्षमा छविलाल धिमाल, सचिवमा छवि दाहाल, सहसचिव कल्पना नाल्बो र काजीमान लिम्बू रहेका छन् ।

यस्तै, आजै सम्पन्न वडा अधिवेशनबाट वडा नं. १ मा श्यामबहादुर कट्वाल, वडा नं. २ मा इन्द्र दाहाल र वडा नं. ७ मा योगेश बस्नेत अध्यक्ष चयन भएका छन् ।