तेह्रथुमको फेदापमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय नव ज्योती स्पोटिङ क्लबको आयोजनामा भलिबल प्रतियोगिता हुन लागेको हो । तेह्रथुममा रहेका सम्पुर्ण वडाहरुबाट सहभागी हुन पाउने यस खेलमाको प्रथम पुरस्कार ४०००० कप म्याडल र प्रमाण पत्र प्रदान गरीने छ जुन पुरस्कार स्व हजुर बुबा रणसुर थापाको स्मृतिमा नाती अभियान लद्युवित्त सस्थाका अध्यक्ष वाबुराम थापाबाट प्रदान गरीने छ भने दोस्रो पुरस्कार २०००० कप म्याडल र प्रमाण पत्र प्रदान गरीने छ जुन पुरस्कार फेदाप गाउँपालिका वडा नं. ५ का अध्यक्ष टेक बहादुर घिसिङले सहयोग गर्नु हुनेछ । यस विषम परिस्थीमा खेल क्षेत्रबाट गाउँ र खेलाडिको मनोवलमा बृद्धि गर्ने उदेश्यका साथ स्थानिय क्लवले आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

भलिवलसंगै यसै क्लबद्धारा नृत्य प्रतियोगीता समेत आयोजना गर्न लागेको बताइएको छ । जसको प्रथम पुरस्कार १०,००० नगद सहित ट्रफि र मेडल प्रदान गरिनेछ जसको सहयोग युवा समाजसेबी पुरुषोतम तिम्सीनाले दिनु हुनेछ । त्यस्तै द्धितीय पुरस्कारको लागी ५,००० नगद सहित ट्रफि र मेडल प्रदान गरिनेछ जसको सहयोग युवा समाजसेबीगजेन्द्र लिम्बुले सहयोग गर्नुहुने छ  । त्यस्तै तेस्रो र चैथो पुरस्कार नव ज्योती स्पोटिङ क्लबले प्रदान गर्ने छ ।