रामधुनी :  वर्षापछि आएको बाढीले सुनसरीको बराहक्षेत्रस्थित बराह लाइभ स्टक प्रा।लीमा ३ करोडा बराबरको क्षेति पुर्याएको छ। बराहक्षेत्र ४ मा रहेको बराह लाइभ स्टक प्रा लीले पालन गर्दै आएको कुखुरा फर्ममा बाढी पस्दा २१ हजार कुखुरा मरेकाे  सञ्चालक नविन कुमार चौधरी काे दावी छ । 

Capture 1

सोमबारदेखिको लगातारको वर्षका कारण स्थानीय खोलामा आएको बाढी फर्ममा पसेको थियो । बाढीले लेयर कुखुरा, अन्डा, मेसिनरी सामाग्री र भवनमा समेत क्षेति पुर्याएको छ। फर्मका सञ्चालक नविन कुमार चौधरीका अनुसार २३ हजार कुखुरामध्ये २१ हजार कुखुरा, अण्डा, मेसीनरी सामाग्री र भवन गरि झन्डै तीन करोड बराबरको क्षति भएको चौधरी बताउछन   । 

क्षती बारे स्थानीय सरकार र सम्बन्धित निकायलाई जानकारी गराएको चौधरीले जानकारी दिएका छन् । दुइ महिना अघिबाट मात्रै अण्डा दिन सुरु गरेका २१ हजार लेयर्स कुखुरा मरेपछि खोर नै रित्तो भएको छ  ।

Capture2