बिराटनगर ।प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीले आयोजना गरेको बडादसैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

युनियनले मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउँदै मुख्यमन्त्री आचार्यले पार्टीको नेतृत्व उत्पादनमा युनियनको योगदान महत्त्वपूर्ण रहेको चर्चा गरे । उनले मुलुकको उन्नति, युवालाई रोजगारी र राजगारीमूलक पाठ्यक्रम निर्माणमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।