इटहरी । वडा दशैंको अवसर पारेर इटहरी ब्याडमिन्टन क्लवले  आयोजना गरेको अन्तर सदस्य व्याटमिन्टन प्रतियोगिताको उपाधि मणी सुब्बा र बद्री धितालको जोडले उचालेको छ ।

   इटहरी ब्याडमिन्टन क्लवको कोर्टमा आयोजित प्रतियोगिताको फाइनलमा पुर्ण बुढा र विप्लव दाहालको जोडीलाई हराउदै सुब्बा र धितालको जोडीले उपाधि हात पारेको हो ।

 चाडपर्वको समयमा पारेर सदस्यहरुविच आपसी सद्भावका साथै खेलकुद गतिविधिलाई सक्रिय वनाउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक इटहरी ब्याडमिन्टन क्लवका अध्यक्ष मणी गुरुगंले वताए । त्यसै गरी प्रतियोगितामा नारायण खतिवडा र दिनेश चौधरीको जोडी तेस्रो र पन्चदल लिम्बु र परहेज चौधरीको जोडी सान्त्वना बन्न सफल भएको थियो । आयोजक क्लवका अध्यक्ष मणी गुरुगंको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथी नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष चन्द्रशेखर लामा रहेका थिए ।