मोरङ । नेपाली कांग्रेस उर्लाबारीको अधिवेशनबाट सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । नगरसभापतिमा सुरेन्द्र लिम्बू, उपसभापतिमा राजु लामा, केशबकुमार मल्लिक सर्वसम्मत निर्वाचित हुनुभयो । सचिबमा राजन रायमाझी र दिपक भट्टराई, सहसचिबमा चन्द्रिका घले र टंकराज गिरी सर्वसम्मत चयन हुनुभयो । 

त्यस्तै, सदस्यहरुमा शेरबहादुर भट्टराई, देवेन्द्र बोहोरा, सुमी तामाङ, खड्गबहादुर कार्की, पुरुषोतम कार्की, सिम्ला लावती, प्रतिक पाण्डे, उमेश चौधरी, पार्वती थापा, लिलमबहादुर बस्नेत, चन्द्रजित फोम्बो, उर्मिला गौतम, हर्कबहादुर बस्नेत, खड्गप्रसाद चौलागाई, चेतकुमारी गौतम, अम्बिका भट्टराई, गोपाल कार्की, गनेन्द्र आङ्देम्बे, तेजकुमार भट्टराई, बेलबहादुर कार्की, उर्मिला दाहाल तिम्सिना, मेदनीप्रसाद चिमरिया, लोकनाथ उपाध्याय भट्टराई, निर्मला पराजुली, राजनप्रसाद घिमिरे, सुवास तामाङ, गायत्री राई, बेलबहादुर निरौला बबी, बविता ढुंगाना, तिलामाया कार्की, सन्तोष निरौला, नरेन्द्रबहादुर काफ्ले, बृन्दा संग्रौला, गोविन्दबहादुर कार्की, तारामणि सुब्बा, ललिता पोमु लिम्बू, प्रेमबहादुर लिम्बू, यमूना राई, नवराज श्रेष्ठ, देवीमाया तामाङ, रकम श्रेष्ठ, शक्ति लिम्बू, सुकदेव पोद्दार, कोपिला बर्देवा नेपाली र सन्जिता दर्जी सर्वसम्मत चयन हुनु भएको छ ।

निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिन पुग्नु भएका मोरङ क्षेत्र नं १ का सभापति तथा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग बहादुर फागोले सहमति र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

शुक्रवार उर्लाबारी कांग्रेसको नयाँ नेतृत्वलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै कांग्रेसलाई मजबुत र चलयमान बनाउन सहमति र सहकार्यका साथ अघि बढ्नु पर्नेमा उहाँले जोड दिनु भएको हो । 

कांग्रेसभित्रको आन्तरिक चुनाब भएकाले हार्ने आत्तिहाल्नु पर्ने जित्ने मात्तिहाल्नु पर्ने अवस्था नरहेको बताउँदै सबैलाई समेटेर अघि बढ्न निर्वाचित समितिलाई आग्रह गर्नुभयो भएको छ ।

उहाँले नयाँ नेतृत्वको काँधमा ठूलो जिम्मेवारी आएको बताउँदै त्यसलाई पूरा गर्न कटिबद्ध लाग्नु पर्नेमा जोड दिनुभयो । भवन निर्माणलगायतका प्रतिबद्धता पूरा गर्न नयाँ समितिलाई खबरदारीसमेत गर्नुभयो ।