उर्लाबारी । असोज नेपाली काँँग्रेसको उर्लाबारी नगर सभापतिमा सुरेन्द्र लिम्बू निर्विरोध निर्वाचित भएका छन् । नगर अधिवेशन अन्तर्गत शुक्रवार भएको मनोनयनमा सभापति पदमा लिम्बूको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । 

यस्तै उपसभापतिमा राजु लामा र केशवकुमार मल्लिक, सहसचिवमा चन्द्रिका घले र टंकराज गिरी निर्विरोध निर्वाचित भए । सचिव पदमा भने तीन जनाको उम्मेदवारी परेको छ । विजय सुब्बा, दिपक भट्टराई र राजनकुमार रायमाझीले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । सचिव बाहेक सबै पद सर्वसम्मत भएको र सचिवमा पनि सर्वसम्मत गराउने प्रयास भइरहेको बुझिएको छ ।