बिपि मेडिकोले बालबालिकालाई निःशुल्क उपचार गरेको छ । लामो समयदेखि टिचिङ्ग अस्पताल काठमाडौंमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर सुमित घिमिरेद्वारा विपि मेडिकोमा धरान, चतरा, दमक, इनरुवा साथै इटहरीका बालबालिकालाई निःशुल्क उपचार गरिएको हो । उमेर अनुसार तौल कम भएका, खानामा रुचि नराख्ने, बारम्बार बिरामी परिरहने, उमेर अनुसार ढिलो बोल्नेलगायतका समस्या भएका १६ वर्ष भन्दा मुनिका करिब ३० जना बालबालिकालाई बिहान ९ बजेदेखि २ बजेसम्म उपचार गरिएको थियो । साथै यो सेवा दैनिक ४ बजेपछि निरन्तर रहने विपि मेडिकोले जनाएको छ । इटहरीको विपि चोकमा रहि विपि म्डिकोले लामो समयदेखि स्वास्थ्य सेवा तथा औषधिहरुको शुलभ मुल्यमा बिक्रि वितरण गर्दै आएको छ ।

243269234_977693616127673_7529836657644788514_n

243746627_414455703394254_2689025698460415895_n