पथरी । बलियो काग्रेस सवल नेपालको सन्र्दभलाई मनन गर्ने हो नेपाली काग्रेसको १४ औँ महाधिवेसन बाट वडा, गाउ, नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र स्तर सम्म साझा नेतृत्व चुनिएर आउनु आवश्यक देखिन्छ । 

तर नेपाली काग्रेसमा तल्लो स्तर होस या माथिल्लो स्तर जहा भएपनि सभापति नै सुप्रिम पावर भएको हुनाले सो स्थानलमा पुग्न उम्मेद्वारले साम, दाम, दण्ड, भेद सवै प्रयोग गरि नेतृत्व हत्याउन र आफु सुप्रिम पावरमा पुगेर नेतृत्व गर्न चाहान्छ ।

जसका कारण नेपाली काग्रेसमा गुट र उप गुटको खेल र रणनितिले विषेश स्थान लिन्छ । गुट र उपगुट कै कारण नेपाली काग्रेस जहिले पनि साझा नेता चुन्ने कुरामा चुक्दै आएको छ । जसको परिणाम रुख चिन्ह लिएर स्थानिय, प्रदेश र केन्द्रिय स्तरको निर्वाचनमा मैदानमा उत्रिएका उम्मेद्वारहरुले पराजय भोग्न बाध्य हुन्छन् ।

नेपाली काग्रेस पार्टीको जग भनेको स्थानिय गाउपालिका र नगरपालिका नै हो तसर्थ आगामी निर्वाचनमा काग्रेसको जग बलियो बनाउने वा अहिले गुट उपगुटमा लागेर नेतृत्व चुन्ने भनेर मन्थन गर्ने बेला वडा अधिवेसन बाट चुनिएर आएका २ सय ७ जना क्षेत्रिय प्रतिनिधि र काग्रेसका नेता कार्यकर्तामा निर्भर रहेको छ । 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको दोस्रो चरणको महाकुम्भ यति वेला पालिका स्तरमा चलिरहेको छ । यहि महाकुम्भमा स्वच्छ र सवैलाई समान रुपले व्यावहार गर्ने नेपाली काग्रेसका कुशल प्रशिक्षित नेता इश्वर बहादुर थापा पनि पथरीशनिश्चरे नगर सभापति हाक्नका लागि चुनावी मैदानमा होमिएका छन् ।

२०४३ सालबाट नेपाली काग्रेसमा आवद्ध भै काग्रेसलाई स्थानिय स्तरमा चलाएमान बनाउ सफल नेताको छवि बनाएका थापाले नगर सभापति पदमा उम्मेद्वारी दिए सगै तल्लो स्तरका नेपाली काग्रेसका कार्यकर्ता, मध्यम स्तरका कार्यकर्तामा हर्शउल्लास नै छाएको छ । 

नेपाली काग्रेस धन सम्पती सम्पन्न् हरुको पार्टी र नेतृत्व पनि पैसावाला हरुले नै हत्याउने गर्छन् भन्ने परम्परागत प्रचारलाई तोडदै नेपाली काग्रेसमा ग्राउण्ड स्तरबाट राजनिति गर्दै आएका थापा उम्मेद्वारी बन्ने भएपछि ठुला नेताको हेपाई सहने दिनको अत्य भएको काग्रेसका एक कार्यकर्ताले सुनाए ।

थापाको उम्मेद्वारी सगै थापालाई विजयी गराउन् यतिवेला नेपाली काग्रेसको निति, नियम र सिद्धान्तमा रहेर कटिबद्धरुपमा सर्मपित भएका तल्लो स्तरका कार्यकर्ता र मध्यम स्तरका कार्यकता एकढिक्का भएर लागेको बुझिएको छ ।

थापाले यहि असोज १६ गते निर्वाचनका लागि कार्यकर्ताको माग बमोजिम नै आज मनोनयन दर्ता गराएका छन् । बलियो काग्रेस सवल नेपालको आधार भन्ने मान्यता बाट प्रेरित थापा पार्टीलाई कुशतापूर्वक हाक्न सक्ने चालक हुन् ।

तर विभिन्न गुट उपगुटमा रहेका  थापाका अन्य २ जना प्रत्यासी उम्मेद्वार पनि खडा भएका छन् । गुट र उपगुटमा रहेका अन्य २ प्रत्यासी सामु विजय हासिल गर्न थापालाई निकै सकस हुने भएता पनि थापा अहिले भोट माग्नका लागि दिनरात नभनी खटिरहेका छन् । 

थापा कार्यकर्ता माझमा लोकप्रिय उमेद्वार हुन्। समायोजनमा नगरको सहसभापति भएका थापाले करिब ९ महिना कार्यवहाक सभापति समहाले । थापाको नेतृत्वमा नगरका हरेक विषयमा खबरदारी गर्नुका साथै कार्यकर्ताका पिर मर्का बुझ्नका लागि समेत थापाको नेतृत्वमा नगर कार्यसमिति सकृय रहेको थियो । 

साविक हसन्दह यानिकी पथरी शनिश्चरेको वडा नं. ५ का स्थाइ बासिन्दा थापाले अत्याधिक मतले सभापति जित्ने आम कार्यकताको बुझाइ छ । हसन्दह क्षेत्र कांग्रेसको उर्वर भुमि यानिकी निणर्ायक मत खस्ने क्षेत्र हो । वडा नं. ५ र ६ बाहेक अन्य वडामा पनि थापाको राम्रो बर्चश्व कायम रहेको छ । थापाले कुनै गुटको भन्दा पनि नेपाली कांग्रेसको नेतृत्व समहाल्ने भएकाले धैरेको समर्थन थापालाई रहेको छ । 

    थापाको राजनैतिक इतिहास यस्तो छः-

२०४३ सालबाट राजनीतिक रुपमा सक्रिय रहेका कुशल नेता हुन् थापा । त्यसपछि शिक्षण पेशामा रहेका थापाले २०४७ सालमा नेपाल शिक्षक संघको गठन हुँदा क्षेत्रीय सह-सचिव भएर काम गरे ।  नेपाल शिक्षक संघको जिल्ला सदस्य भएका थापा त्यसताका अत्याधिक मत ल्याउने उमेद्वार थिए । शिक्षक पेशाबाट बाहिरिना साथ थापाले नेपाली कांग्रेसको रानीतिलाई पूणर् रुपमा अगाडी बढाएका हुन् । 

हसन्दह गाउँ सभापति, पथरी शनिश्चरे नगर सहसभापति, कार्यबाहक नगर सभापति समेत भएका थापाको नेतृत्वमा पार्टीले हरेक ठाउँहरुमा सफलता पाएको थियो ।  स्थानीय तहको निर्वाचनमा वडाहरुमा अध्यक्ष सहित प्यानल नै बिजयी, उद्योग वाणिज्य संघ पथरीमा अध्यक्ष लगायत मुख्य पदहरुमा कांग्रेस निकट उमेद्वारहरु बिजयी, बिद्यालय व्यवस्थापन समिति लगायतका क्षेत्रमा समेत कांग्रेस निकटले नै नेतृत्व गरिरहेका छन् । 

कार्यकर्ताहरुको सक्रियताका लागि केन्द्रिय नेताहरु गाउँमा ल्याएर कार्यक्रम गर्ने, चाडपर्व विशेषका कार्यक्रमहरु, समाजका हरेक समस्यामा महलम लगाउन पुग्ने, महामारीमा राहत वितरण गर्ने देखि गाउँबाट काठमाडौँसम्म पुगेर विभिन्न आन्दोलन तथा बिरोधका कार्यक्रमहरुमा सरिक हुने थापा गुटगत राजनैतिक सस्कारको खरो विरोधी गर्ने स्वच्छ छवि भएका नेताका रुपमा पथरीशनिश्चरेमा परिचित छन् ।