इटहरी । सुनसरीको इटहरीमा भएको  खुल्ला जुनियर स्नोकर प्रतियोगिताको उपाधि दिवश वस्नेतले उचालेका छन ।

    ब्रदर्स स्नोकर हाउसको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा दिवशले विनम लिम्बुलाई  हराउदै उपाधि हात पारेका हुन ।

  प्रतियोगिता अन्र्तगत विवेक रामदाम तेस्रो प्रवेश श्रेष्ठ चौथो भएका थिए ।

 पुर्वाञ्चल जुनियर स्नोकर प्रतियोगिताको नाममा इटहरी ५मा रहेको ब्रदर्स स्नोकर हाउसको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।243447943_3075276476025864_7334299077600156401_n

  आयोजक संस्थाका कृष्ण गुप्ताको अध्यक्षता तथा नेपाल विडिएस एण्ड स्नोकर संघ प्रदेश नम्बर १का कोषाध्यष हिमाल भट्टराईको प्रमुख आतिथ्यतामा विजयी खेलाडीहरुलाई शिल्ड ,प्रमाण पत्र र नगदले पुरस्कृत गरियो । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद १०हजार शिल्ड प्रमाण पत्र ,दोस्रो हुनेलाई २५सय नगद शिल्ड प्रमाण पत्र ,तेस्रो र चौथो हुनेलाई नगद १हजार र प्रमाण पत्र उपलव्ध गराइएको थियो ।

त्यसै गरी प्रतियोगितामा वेस्ट प्लेयर विमन लिम्बु , वेष्ट डिसिपिलीगं किरन विष्ट अफ कमिगं प्लेयर आलोक श्रष्ठ र इमजिगं प्लेयर रोशन कार्की घोषित भए । प्रतियोगिता समापन कार्यक्रममा राष्ट्यि स्नोकर खेलाडी अमन कार्की , खेलप्रेमी कुन्दन गुरुग. लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।