पथरी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगतको दोस्रो चरणको पालिका स्तरिय अधिवेसन आउन निर्वाचन कार्यतालिका अनुसार २ दिन मात्रै बाकी रहेको छ ।

काग्रेसको निर्वाचन तालिका अनुसार पालिका स्तरिय नेतृत्व चयनका लागि आगमी असोज १६ गते मतदान हुने भएको छ । पहिलो चरणमा सम्पन्न् भएको वडा अधिवेसनबाट निर्वाचित भएर आएका क्षेत्रीय प्रतिनिधिले काग्रेसको माथिल्लो स्थानको नेतृत्व चयन र नेतृत्व दावि गर्दै उम्मेद्वारी दिदै आएका छन् ।

सोही क्रममा नेपाली काग्रेसको १० औ महाधिवेसन बाट क्रियाशिल सदस्य भै नेपाली काग्रेसको सिद्धान्त र काग्रेसको विचारलाई जनस्तर सम्म फैलाउदै आएका सन्तोष कार्कीले १४ औ महाधिवेसनमा नगर उप-सभापति पदमा उम्मेद्वारी घोषणा गरेका छन्् ।

साविकको हसन्दह गाउविकास समितिमा रही नेपाली काग्रेसको राजतिनिमा समलग्न भएका कार्की, साविक हसन्दह गाविस राज्य पुनसंरचना पछि पथरीशनिश्चरे नगरपालिकाको वडा नं ५ र ६ मा समाहित भयो । 

पथरी शनिश्चरेमा हसन्दह नेपाली कांग्रेसको गढका रुपमा रहेको क्षेत्र हो । त्यही काग्रेसमय भएको स्थान बाट कांग्रेसको राजनीति सुरु गरेका कार्कीले अध्ययनको शिलशिलामा एमाले अखिलको गढ मानिएको पथरीको पञ्चायत माविमा नेविसघको विज छर्दै काग्रेसलाई आगाडी बढाउदै लगेका हुन् ।

विद्यालय पढ्दा होस , वा क्याम्पस, ब्यापार गर्दा होस वा कृषिकर्म । जहाँ जे गरेपनि उनि नेपाली कांग्रेससँग सधै सगै सहयात्रा गर्दै आगाडी बडीरहे । राजनितिमा साथीभाई र अग्रजलाई सम्मान गर्ने उनको सस्कारका कारण सवै माज उनि उदार हृदय भएको युवाको रुपमा परिचित छन् । 

विधार्थी काल देखीनै काग्रेसको राजनितिमा सक्रिय सन्तोषले राजनितिक यात्राका क्रममा विभिन्न कालखण्डमा  पाएका पदिय जिम्मेवारीलाई पनि अग्रज र साथिभाईका लागि सर्मपण गरेका कार्कीले यस पटक भने नगर उप-सभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

कार्की पार्टी भित्रको नेतृत्व चयनमा चुनावी प्रतिस्पर्धा भन्दा पनि सधैं सर्वसम्मतको पक्षमा वकलात गर्ने व्याक्ति हुन् । तर यस पटक भने चुनावी महोलमा होमिनु परेको बताउछन् । चुनावमा उठ्नुको मुख्य उदे्श्य नै कार्कीको-“प्रत्येक कांग्रेस कार्यकर्तालाई कांग्रेसको नीति र सिद्धान्तका विषयमा जानकारी दिनु र बलियो संगठन विस्तार गर्दै आउदै गरेको स्थानिय तह देखि संघीय संसद सम्मको निर्वाचनमा काग्रेसलाई जिताउने रणनिति बताउनु हो ।”

साथै कार्कीले आफु उप-सभापतिमा निर्वाचित भएपछि कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गर्दै रुख चिन्ह लिएर निर्वाचनमा उत्रिएका उम्मेद्वारलाई विजयी गराउने आफ्नो लक्ष्य रहको उनि बताउछन् ।

यस्तै उनि भन्छन्- पार्टीले तयार गर्ने बिकास निर्माणका समग्र एजेण्डाले नगरका सबै क्षेत्र, वणर्, लिङ्ग, जात, धर्म समेटिनु पर्ने भएतापनि त्यो हुन् सकेको छैन सवै कुरा बजार केन्द्रित भएका कारण तल्लो क्षेत्रमा विकासका सुचकहरु पुग्न सकेका छैनन् त्यसलाई सवै क्षेत्रमा पुर्‍याउनु पर्छ भन्ने नै मेरो मान्यता हो र पुर्‍याउन लागि पर्ने छु ।

गुट वा समूह भन्दा सामुहिक प्रयासबाट निणर्य निणर्य लिने कार्की आफू उप- सभापति भए पथरीशनिश्चरेमा कांग्रेसलाई विजयी बनाउन अहोरात्र खटिने बताउछन् ।