इटहरी । सुनसरीको इटहरीमा खुल्ला जुनियर स्नोकर प्रतियोगिता सुरु भएको छ ।

 पुर्वाञ्चल जुनियर स्नोकर प्रतियोगिता इटहरी ५मा रहेको ब्रदर्स स्नोकर हाउसको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

  कृष्ण गुप्ताको अध्यक्षता तथा हिमाल भट्टराईको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्धघाटन गरिएयो । aaa

सुनसरी,मोरगं, झापा र धनकुटाका विभिन्न ४८ जनाको सहभागिता रहने प्रतियोगितामा प्रथम हुनेलाई नगद १०हजार शिल्ड प्रमाण पत्र ,दोस्रो हुनेलाई २५सय नगद शिल्ड प्रमाण पत्र ,तेस्रो र चौथो हुनेलाई नगद १हजार र प्रमाण पत्र उपलव्ध गराउने आयोजक ब्रर्दस स्नोकरका सञ्चालक कृष्ण गुप्ताले जानकारी दिए । 

 त्यसै गरि उत्कृष्ट १६मा पर्ने खेलाडीहरुलाई ट्रफि प्रदान गरिने समेत जनाइएको छ । उद्धघाटन कार्यक्रममा अतिथीहरु अमन कार्की,सन्तोष कार्की लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।  प्रतियोगिता यही असोज १३ गते सम्म सञ्चालन हुने जनाइएको छ ।