इटहरी ।  नेपाली कांग्रेसको १४ औ महाधिवेसन अन्तरगत इटहरीमा गत भदौ २१ गते सम्पन्न वडा अधिवेशनले वडामा नया समिति चुनिएपनि दलित एवम महिलाहरूको नेतृत्व भने सुन्य देखिएको छ । २० वटा वडाहरू रहेको सुनसरीको इटहरी उपमहानगरमा अधिकांस वडाहरूले सहमतिको आधारमा नया नेतृत्व चयन गरेका छन तर चुनिएका २० वट वडाका नेतृत्वमा महिला तथा दलितको सहभागिता शुन्य देखिएको छ ।

उपमहानगरको कुन पनि वडाहरुमा दलित तथा महिलाहरुले पार्टिको नेतृत्व गरेका छेनन । अझैपनि सामान्य कार्यकता सरह वडामै खुम्चिन बाध्य बनेका छन ।  अन्य वडाहरुको तुलनामा नेपाली कांग्रेसले नै बिजय हाशिल गरेको क्षेत्रहरुको स्थिती नियाल्ने हो भने सोहि क्षेत्रहरुमा समेत महिला तथा दलितहरुको उपस्थिती निके न्युन देखिएको छ । 

इटहरीको वडा न ३, ६ , ७ , ८ ,१० ,१२ , २० नेपाली काग्रेसको मुख्य क्षेत्र मानिए पनि सोहि वडामा महिला तथा दलितको उपस्थिति न्युन देखिएको छ । वडामा मात्र नभएर दलितहरूको उपस्थिति  क्षेत्रीय स्तरमा पनि निकै कम देखिएको छ । प्रत्येका वडामा ५ जना महिला तथा दलित एवम पिछडिएका वर्गलाइ समेटेर समिति चयन हुनुपर्ने प्रावधान भएपनि अधिकांस वडाहरूमा त्यस्तो देखिएको छैन । 

कांग्रेसकै  मुख्य क्षेत्र इटहरीको वार्ड न ६ मा महिलाहरूको सहभागिता उत्साहजनक देखिएपनि नेतृत्वमा  पहुच देखएिको छैन । उक्त वडामा महलिाहरुको संख्या १३ जना देखिएपनि दलित र पिछडिएका वर्गको उपस्थिती देखिएको छैन ।  ।त्यस्तै काग्रेसले नै नेतृत्व गरेको वडा नं ३ मा पनि महिलाहरूको उपस्थिति न्युन देखिएको छ । सो वडामा ५ जना महिला निर्वाचित भएका छन जसमा दलित महिलाको उपस्थिति एक जनामात्र रहेको पाइएको छ ।

 ४ न वडामा वडा सभापति सहित ४६ जना निर्वाचित भएका छन ।जसमा महिलाहरुको उपस्थिति १६ जना देखिएको छ र त्यस्मा पनि दलितको उपस्थिति एक जना मात्र देखिएको छ ।  त्यस्तै वडा न ६ मा वडा सभापति सहित ३८ जना निर्वाचित भएका छन ।जसमा महिलाहरुको उपस्थिति १३ जना देखिएको छ ,त्यसमा पनि दलितको सहभागिता एक जनामात्र देखिएको छ । 

त्यस्तै कांग्रेसले नै नेतृत्व गरेको वडा नं २० मा पनि दलित एवम महिलाहरूको उपस्थिति न्युन देखिएको छ । उक्त वडामा एक वडा सभापति र४४ जना क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका छन जसमा महिलाको सहभागिता १४ जना रहेको छ भने दलित एकजना पनि सहभागि देखिएका छैनन । 

प्रतिशतको हिशाबले महिलाहरुको उपस्थिति ३३ प्रतिशत देखिएपनि कांंग्रेसले नै नेतृत्व गरेको वडाहरुमा महिलाहरुले नेतृत्व नपाउनुले पार्टिभित्र अझैपनि बिभेद रहिआएको आशका पलाएको छ । ।स्थानीय निर्वाचन पछि इटहरी उपमहानगरमा नेपाली कांग्रेसले ८ वटा वडाहरुमा भारि मत ल्याएर बिजयी हाशिल गरेको थियो । २० वट वडाहरुमा कांंग्रेसले अधिवेशन सम्पन्न गरेपनि बलियो पकड भएको वडाहरुमा महिला र दलितले नेतृत्व नपाउनुले पाटिभित्र बिभेद कायम रहेको छ भन्ने आशंका पलाएको छ ।