रामाधुनी/  युवा नेता सुदीप अधिकारीले नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनमा रामधुनी नगर सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । सानै उमेरमा काँग्रेस राजनीतिमा उदाएका वर्तमान नगर सभापति सुदीप अधिकारी पुनः सभापतिमा उठ्ने बताएका  छन् ।

लामो समय देखी आफूले नेपाली काँग्रेसको राजनीति भित्रीरुपमा नियालेको र साबिकको सबै गाविसमा कम्युनिष्टको गढ भनेर चिनिएको स्थानमा आफ्नो नगर सभापतिको नेतृत्व पाए पछि नगरमा नगर प्रमुख मेयर सहित १६ जना जनप्रतिनिधि जिताउन सफल भएको बताउने गरेका छन् ।  

नगरमा काँग्रेसलाई जगाउन आफूले एक कार्यकाल सभापतिको जिम्मेवार कुशलतापूर्वक निर्वाह गरिसकेकाले काँग्रेसलाई बलियो बनाउन आफ्नो पुनः उम्मेदवारी घोषणा गरेको अधिकारी  बताए ।

sudip adikhari

उहाँले सञ्चार कर्मी सँग कुरा गर्दै भन्नुभयो  ‘ लामो समय देखी आफू पार्टीको सङ्गठनहरू नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलको भासी गाउँ इकाई सभापति र एक कार्यकाल नेपाली काँग्रेसको नगरसभापती समेत चलाइ सकेको र पार्टीका तर्फबाट निरन्तर विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा प्रतिनिधित्व गर्दै पार्टीको मूलधारको राजनीतिमा सक्रिय रहँदै आएकोले पुन सभापतिको उम्मेदवारी दिएको बताउनु भयो । 

पार्टीमा सक्रिय रहने क्रममा १४ औँ महाधिवेशनमा चुनिने नेतृत्व र रामधुनी नगरको नेतृत्वले नेपाली काँग्रेसलाई जनताका माझमा अझ सशक्त सङ्गठनको रूपमा स्थापित गर्ने योजनाका साथ उम्मेदवारी दर्ता गर्न लागेको उहाँले जानकारी दिनुभयो । आफू  पुन सभापति भएमा काँग्रेस मय रामधुनी नगर बनाउने र आउने चुनावमा स्थानीय, प्रदेश र केन्द्रको चुनावमा बहुमतका साथ पार्टीलाई विजय गराउने उहाँले बताउनु भयो ।