• तेजबहादुर बन

इटहरी । नयाँ भेरियण्ट सहित देखा परेको दोश्रो लहरको कोरोना संक्रमण न्युनिकरणका लागि जिल्ला प्रसाशन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा कागजमै सिमित बनिन पुगेको छ । प्रसाशनले पछिल्लो समय जारी गरेको निषेधाज्ञालाइ नजिकबाट नियाल्न नसक्दा चौतर्फि आलोचना र बिरोधको सामना गर्नु परिरहेको देखिएको छ । स्थानीय तह अनुसार बजार सुदृढिकरण र संक्रमणको अवस्थालाइ हेरेर कडाइका साथ लकडाउन गर्न सकिने भनिएपनि सकृिय संक्रमित ४ हजार नाघेको शहरहरूमा अझै पनि लकडाउन हुन सकेको छैन ।

 कोरोनाका कारण सुनसरीको १२ वटा स्थानीय तहहरू मध्ये धरान र इटहरी उपमहानगर सबैभन्दा बढी जोखिममा परेका छन । इटहरीमा सकृिय संक्रमितको संख्या ३००० माथि छ भने धरानमा ४ हजारको हाराहारिमा संक्रमित रहेका छन । पछिल्लो एक साताको बिवरण हेर्ने हो भने सुनसरीको धरानमा सबै भन्दा बढी संक्रमित थपिएका छन । धरानमा ७३४ नयाँ संक्रमित थपिदा इटहरीमा ३६३ नयाँ संक्रमित थपिएका छन । यो संगै धरानमा मृत्युदर बढदो देखिएको छ भने इटहरीमा अन्य शहरको तुलनामा मृत्युदर कम रहेको पाइएको छ ।

प्रसाशनले जारी गरेको निषेधाज्ञालाइ नियम संगत पालना गराउन नसक्नुले जिल्लामा संक्रमणको दर भयावह बन्दै गएको स्वास्थ्यकर्मिहरू बताउछन । निषेधाज्ञा पालना गराउने सवालमा स्थानीय सरकारको भुमिका शुन्य देखिदा लापर्वाहि संगै संक्रमणको दर उच्च बनेको इटहरी अस्पतालका चिकित्सक रामकुमार धमला बताउछन । लकडाउन गर्ने तर प्रहरी प्रसाशनको मात्र भर पर्दा र प्रसाशन कार्यालयले पनि मातहतका कार्यालयहरू र संयन्त्रहरूलाइ बलियो बनाउन नसक्दा जिल्लामा निषेधाज्ञा कार्यानवयन लथालिंग बनेको चिकित्सक धमला बताउछन ।

उनले इटहरीमा कोरोना संक्रमण संगै भाइरल ज्वोरोको प्रकोप पनि बढेको बताएका छन । पछिल्लो एक सातामा ८३ जना भाइरल ज्वोरोका बिरामिले अस्पतालबाट सेवा लिइसकेको जानकारी दिए । कोरोना जस्तै लक्षण देखिने भाइरलको पहिचान गरी उपचार गराउनेको संख्या दैनिक बढेको पनि उनको भनाइ छ । मौसम पिवर्तन संगै चर्काे गर्मिका कारण भाइरल ज्वोरोको बिरामिहरू बढेको उनले बताए । यता इटहरी र धरानमा निर्माण भएका आइसोलसशन वेडहरू संक्रमितहरूले भरिन थालेका छन । पिपुल्स मल्टिपल हेल्थ इन्स्टिच्युट इटहरीमा निर्माण गरिएको आइसोलेशन वार्ड संक्रमितहरूले भरिएका छन ।संक्रमणकै कारण खालि हुदै गउका कोविड अस्पतालहरू पनि अहिले भरिभराउ हुन थालेका छन ।

स्थानीय स्तरमा यस्तै लापर्वाहि बढिरहे संक्रमणको अवस्था जटिल र भयावह बनिने चिकित्सकहरूको भनाइ छ । यता धरान उपमहानगरमा नियमित बजार अनुगमन र संक्रमणको अवस्था हेरेर लकडाउन गर्ने तयारी चलिरहेको उपमेयर मञ्जु भण्डारीले बताउनुभयो ।  धरानमा रहेका व्यवसायिहरू देखि सामाजिक ब्याक्तित्वहरूले पनि लकडाउन गर्न सुझाव दिइरहेको बेला बजारको स्थिति र संक्रमणको अवस्थालाइ नियालेर थप जोखिमबाट बच्न केहि समय तोकेर शहरलाइ लकडाउन गर्ने तयारी चलिरहेको धरान उपमहानगरकि उपमेयर मञ्जु भण्डारीले बताउनुभयो ।

त्यस्तै इटहरीमा भने तत्काल लकडाउन गर्ने या नगर्ने भन्ने पक्षमा मत बिभाजन हुदा स्थानीय सरकार नै अलमलमा परेको छ । ब्यवसायिहरू लकडडाउन गर्ने पक्षमा रहेका छैनन भने उद्योग वाणिज्य संघ इटहरीले पनि सहजिकरण नगरिदिदा स्थानीय सरकार अफ्ठेरोमा परेको छ । संक्रमणको अवस्थालाइ हेरेर अफ्ठेरो स्थिति देखा परे तत्काल शहरलाइ लकडाउन गरिने इटहरीका मेयर द्वारिकलाल चौधरीले बताउनुभयो । तर अहिले नै त्यो स्थिति नआएको बरू बजारलाइ ब्यवस्थित बनाउने र नियमित अनुगमन संगै स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन लगगाउने तर्फ ध्यान केन्द्रित भएको मेयर चौधरीले बताउनुभयो ।

यता जिल्ला प्रसाशन कार्यालय सुनसरीले पनि निषेधाज्ञाको समय लम्ब्याउदै आगामि साउन २९ गते सम्म पुर्याएको छ । बजार र मुख्य राजमार्ग छाडेर प्रसाशन सुनसरीसंग जोडिएको सिमा नाका तिर केन्द्रित भएको र नाकाहरूमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो । उनले शहरको अवस्था बुझेर के गृने भन्ने कुराको जिम्मेवारी स्थानीय सरकारलाइ जिम्मा दिएकोले प्रसाशन स्थानीय सरकार संग सहजिकरण गर्ने बताए ।