इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा ९,  ते¥हथुममा ६, उदयपुरमा ३, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, संखुवासभा, खोटाङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ६७, विर्तामोडमा ५०, अर्जुनधारामा १८, भद्रपुरमा १७, बा¥हदशीमा १५, कनकाईमा १४, मेचीनगरमा १३,  शिवसताक्षीमा १२, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ६, गौरादहमा ३, हल्दिबारी र झापा गाउँपालिकामा १–१, स्थानीय तह नखुलेका २, मोरङको विराटनगरमा ५५, बेलबारीमा ३६, उर्लाबारी र सुन्दरहरैचामा ११–११, पथरीशनिश्चरेमा ७, कानेपोखरीमा ३, लेटाङमा २, मिक्लाजुङ, जहदा, ग्रामथान, धनपालथान, केराबारी, रतुवामाई र कटहरीमा १–१ र स्थानीय तह नखुलेका ४ छन् ।
त्यस्तै  सुनसरीको धरानमा ३३, इटहरीमा ३०, इनरुवामा ५, बराहक्षेत्र, दुहवी र गढीमा १–१ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा १३ र पाख्रिबासमा १, इलामको चुलाचुलीमा ३, माईजोगमाईमा २, फाकफोकथुम, इलाम नगरपालिका, माई नगरपालिका र स्थानीय तह नखुलेका १–१ छन् ।

ते¥हथुमको म्याङलुङमा ५ र लालीगुराँसमा १, उदयपुरको त्रियुगामा २ र बेलकामा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फालेलुङमा १, ओखलढुङ्गामा १, संखुवासभामा १, खोटाङमा १, भोजपुरको पौवादुङ्मामा १ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २७२ महिला र २७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेको  सामाजिक विकास मन्त्रालयले जनाएको छ ।