मोरङ । मोरङको उर्लाबारी नगरपालिकाले कोरोना संक्रमितहरुको उपचारर्थ स्थापना गरेको अस्पताललाई हङकङ नेपाल समाजले सहयोग गरेको छ ।

नगरपालिका द्वारा संचालित आइसोलेसन सेनटरलाई हङकङ नेपाल समाजले २ थान अक्सिजन कन्सल्ट्रेटर प्रदान गरेको हो । 

कोरोना संक्रमित भई अक्सिजनको आवश्यता परेका विरामीहरुको उपचारमा सहजताका ल्याउनका लागि हङकङमा रहेका उर्लाबारीका टंक रानाको विशेष पहलमा ५ लाख बढी मूल्य पर्ने उक्त सामग्री प्रदान गरिएको हो ।

कोरोना विरामीका लागि अक्सिजन उत्पादन गर्ने उक्त सामग्री प्राप्त भएपछि संक्रमिको उपचारमा थप सहजता हुने भन्दै सहयोगी दाताहरुलाई उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले धन्यवाद ज्ञापन गरेका छन् ।  

उर्लाबारीमा हाल सम्म कोरोना संक्रमणका कारण ५३ जनाले ज्यान गुमाई सकेका छन् भने । १० हजार भन्दा बढीले खोपको सुविधा पनि प्राप्त गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।